पर्वत अस्पतालकाे सेवा ठप्प : पाेस्टमार्टम गर्नुपर्ने शव बोकेर बाग्लुङ र म्याग्दी धाउँदै प्रहरी
पर्वत – पर्वत अस्पतालमा कार्यरत पाँच जना स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पतालकाे सेवा ठप्प भएकाे छ । अस्पतालकाे सेवा ठप्प भएपछि पर्वत प्रहरी पोस्टमार्टम गर्नुपर्ने शव बोकेर हिँड्न बाध्य भएकाे छ ।
जिल्ला अस्पताल पर्वतमा कोरोना सङ्क्रमण देखिएसँगै अस्पताल व्यवस्थापन पक्षले अस्पताल क्षेत्र सिल गर्दा शव पाेस्टमार्टम गर्न समस्या भएको हो ।
पर्वत प्रहरीले शुक्रबार छुट्टाछुट्टै ठाँउमा आत्महत्या घटनाका दुई शवकाे छिमेकी जिल्ला बागलुङ र म्याग्दीको बेनी अस्पतालमा लगेर पोस्टमार्टम गरेकाे हाे ।
जिल्ला अस्पतालमा इमर्जेन्सीबाहेकका सेवा ठप्प भएपछि प्रहरीले पाेस्टमार्टमकाे लागि कुश्मा नगरपालिका १ पाङकी सुस्मिता पौडेलको शव म्याग्दीकाे बेनी अस्पताल र कुश्मा नगरपालिका १३ खौला लाँकुरीकी आशा कुँवरको शव बाग्लुङ लगेको हो ।
अस्पताल बन्द भएपछि प्रहरीलाई अन्य घटनामा संलग्नको र हिरासतमा राख्नुपर्नेहरुको स्वास्थ्य परीक्षणमा समस्या भएको छ ।
शुक्रबार पर्वत जिल्ला अस्पतालमा कार्यरत दुई जना डाक्टरसहित दुई नर्स र एक जना कार्यालय सहयोगीमा कोरोना भाइरस सङ्क्रमण पोजेटिभ देखिएको थियो ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश सरकार गठनको समयसीमा आज सकिँदै, नयाँ सरकार गठनको अन्योल कायमै
-
जिल्ला स्तरिय महिला मानव अधिकार संरक्षकहरुको लागि दुई दिने सुरक्षा र हेरचाह सत्र कार्यक्रम साँफेबगरमा सम्पन्न
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले दिए राजीनामा
-
रञ्जिता द्वारा रेशमले डाकेको पार्टी बैठक खारेज
-
पशुपति आर्यघाटमा बाबुको दाहसंस्कार गरी घर फर्किएका छोरा त्रिशुलीमा हराए
प्रतिक्रिया