Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०५ बैशाख २०८१

धनगढीको गुरुकुल एकेडेमी तेस्रो पटक पनि अन्तर्राष्ट्रिय विद्यालय पुरस्कार द्वारा सम्मानित

धनगढीको गुरुकुल एकेडेमी तेस्रो पटक पनि अन्तर्राष्ट्रिय विद्यालय पुरस्कार द्वारा सम्मानित

कैलालीको धनगढीमा रहेको गुरुकुल एकेडेमीलाई अन्तर्राष्ट्रिय विद्यालय पुरस्कार प्राप्त भएको छ। ब्रिटीस काउन्सिलद्वारा प्रदान गरिने उक्त पुरस्कार गुरुकुलले तेस्रो पटक प्राप्त गरेको हो। 

यसअघि सन २०१२ र २०१५ मा पनि विद्यालयले पुरस्कार प्राप्त गरेको गुरुकुल एकेडेमीकी प्रिन्सीपल सुनिता सुरीले बताइन्। शिक्षा तथा मानव स्रोत विकास केन्द्र र शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयको संयुक्त मुल्यांकन आधारमा वितरण गरिने पुरस्कारमा यस वर्ष ५० भन्दा बढी विद्यालय प्रतिस्पर्धामा रहेको समेत उनले बताइन्।

गुरुकुल एकेडेमी धनगढी उपमहानगपालिकाको वडा नम्बर ४ मा रहेको छ। 

प्रतिक्रिया