Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १६ चैत २०८०

प्रहरी दिवसको अवसरमा प्रहरी चौकि साँफेबगरद्धारा विभिन्न ठाउँमा सरसफाई

प्रहरी दिवसको अवसरमा प्रहरी चौकि साँफेबगरद्धारा विभिन्न ठाउँमा सरसफाई

असोज ३० , अछाम

६५ औं प्रहरी दिवस २०७७ को अवसरमा प्रहरी चौकि साँफेबगरले साँफेबगर नगरपालिका ३ मा रहेको भैरबथान मन्दिर लगायत आसपासका क्षेत्रमा सरसफाई गरेको छ ।

प्रहरी चौकी साँफेबजार अछामका ईन्चार्ज दिलिप बि सि सहितको टोलीले भैरबथान मन्दिर लगायतका क्षेत्रमा सरसफाई गरेको हो । वडा नम्बर ३ का वडा सदस्य बल बहादुर कुवँर, नेपाली कांग्रेस महासमिती सदस्य राजन कुवँर, युवा व्यवसायी तथा समाजसेवी पृथ्वि कुवँर लगायत बल्याक एन्जल्स फुटबल क्लबका सदस्यहरुको सहभागिता मा उक्त टोलिले मन्दिर परीसर सरसफाई गरेको प्रहरी सहाएक निरिक्षक दिलिप बि सिले बताउनुभयो । सरसफाई कार्यक्रममा व्यवसायि, बुद्दिजिबि, समाजका अगुवा र युवाहरुको सहभागिता थियो ।

प्रहरी दिवसको अवसरमा विभिन्न कार्यक्रम गरिने र सोही अनुसार भैरबथान मन्दिर सरसफाई गरिएको प्रहरीले जनाएको छ । नागरिक र प्रहरीको सहकार्य, अपराध रोकथामको लागि अनिवार्य भन्ने नाराका साथ सरसफाई गरिएको हो । प्रहरी सहाएक निरिक्षक दिलिप बि सिको नेतृत्वमा आएको प्रहरी टोलीले सरसफाई गरेको हो । प्रहरी दिवसको अवसरमा भैरब थान मन्दिरमा आई सरसफाई गरिदिनु भएकोमा वडा सदस्य बल बहादुर कुवँरले प्रहरी संगठनलाई धन्यवाद दिनुभयो ।

प्रतिक्रिया