Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १५ चैत २०८०

प्रभा धम्कोट माबीमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन अध्यक्षमा मोहन कुँवर

प्रभा धम्कोट माबीमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन अध्यक्षमा मोहन कुँवर

साँफेबगर नगरपालिका वडा नम्बर ३ सिद्धेश्वरमा रहेको प्रभा धम्कोट माबीमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन भएको छ ।मोहन कुँवरको अध्यक्ष्तामा ४ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन भएको हो । जस्को सदस्यमा गंगा बुढा,आकाश कुवर,कौशी भुल चयन हुनु भएको छ । शिक्षक अभिभावक संघका अध्यक्ष देबेन्द्र कुँवरको अध्यक्षतामा भएको सर्बपक्षिय भेलाले कुँवरलाई अध्यक्षमा सर्बसम्मत चयन गरेको हो ।

भेलाका प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख नरबहादुर कुँवर,बिशिष्ट अतिथि साँफेबगर नगरपालिकाका नगर प्रमुख कुलबहादुर कुँवर, वडाध्यक्ष कृष्ण बुढा, विद्यालयका प्रधानाध्यापक जोगराज कुँवर,नेपाली काँग्रेस महासमिति सदस्य राजन कुँवर, नेकपाका रमेश कुँवर,नेपाली काग्रेस वडा सभापति प्रेम ठकुल्ला लगायतका अतिथि रहनु भएको थियो भने कार्यक्रम सञ्चालन विद्यालय व्यवस्थापन समितिका सदस्य कृष्ण कुँवरले गर्नु भएको थियो ।

प्रतिक्रिया