Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, १२ बैशाख २०८१

ठुलासैनमा अस्थायी प्रहरी पोष्टको उदघाट्न

ठुलासैनमा अस्थायी प्रहरी पोष्टको उदघाट्न

कमल रावल, असोज १९ अछाम

मंगलसेन नगरपालिका वडा नम्बर ६ ठुलासैनमा अस्थायी प्रहरी पोष्टको उदघाट्न गरिएको छ । जिल्ला सुरक्षा समितीको माग अनुसार सरकारबाट ठुलासैनमा अस्थायी प्रहरी पोष्टको अनुमती आएपछी एक कार्यक्रमका बिच उदघाट्न गरिएको हो ।

वडा नम्बर ६ का अध्यक्ष जनकराज भण्डारीको अध्यक्षतामा भएको उदघाट्न कार्यक्रममा प्रमुख अतिथी अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्याय रहनु भएको थियो । प्रमुख अतिथी उपाध्यायले प्रहरीलाई सफल बनाउनका लागि नागरिकको सहयोगको खाचो रहेको बताउनु भयो । प्रहरीले गर्ने हरेक राम्रा कार्यमा स्थानिय नागरिकको सहयोग मिल्दै गएपछी प्रहरीको मनोबल उच्च रहने बताउनु भयो । हरेक सुचना नागरीकलाई जानकारी हुने भएकाले अपराधिक क्रियाकलाप देखि समाजका बिसगती विकृती सबै नियन्त्रणका लागि प्रहरीलाई साथ दिन आग्रह गर्नु भयो ।

दशैँ तिहार जस्ता चाडपर्व समेत अब सुरु भएकाले प्रहरीले समेत सक्रियता देखाउनु पर्ने बताउनु भयो । हरेक प्रहरी नागरिक मुखी बन्दै जानुपर्नेमा जोड दिदै आफ्नो जिम्मेवार बहन गर्न प्रहरीलाई आग्रह गर्नु भयो । कार्यक्रमका बिशिष्ट अतिथी अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक योगेन्द्र सिँह थापाले ठुलासैनमा स्थापना भएकाले अस्थायी प्रहरी पोष्टले शान्ति सुरक्षा कायम गर्न महत्वपुर्ण योगदान दिने बताउनु भयो । यसअघि पनी प्रहरी युनिटले सुरक्षा दिदै आएकाले आगामि दिनमा अझै सुरक्षा चुस्त दुरुस्त पार्न नागरिकको समेत साथको आवश्यकता रहेको बताउनु भयो ।

अछाम जिल्लामा प्रहरीले अबैध मदिरा र न्युन गुणस्तरको मदिरा नियन्त्रण गर्ने कार्य तिब्रताका साथ लिएकाले सबैलाई साथ दिन आग्रह गर्नु भयो । आफु अछाम आएको ३ महिनाको अवधिमा करिब १५ हजार लिटर अबैध मदिरा नियन्त्रण लिएर नष्ट पारिएको बताउनु भयो । कार्यक्रमका अध्यक्ष वडा नम्बर ६ का अध्यक्ष जनकराज भण्डारीले ठुलासैनमा प्रहरी पोष्ट आईसकेपछी थुप्रै अपराधिक घट्ना नियन्त्रणमा आएका बताउनु भयो । नागरिक तथा जनप्रतिनीधीको तर्फबाट प्रहरीलाई पुर्ण साथ रहेकाले आगामी दिनमा चौकी नै स्थापनाका लागि प्रमुख जिल्ला अधिकारी र डिएसपिको महत्वपुर्ण सहयोगको अपेक्षा रहेको बताउनु भयो ।

ठुलासैनको प्रहरीले मंगलसेन नगरपालिका वडा नम्बर १,२,३,५,६,७,८,९ र १२ तथा कमलबजार नगरपालिका वडा नम्बर ६ र ७ नागरिकलाई शान्ति सुरक्षा दिनसक्ने बताउनु भयो । कार्यक्रममा मंगलसेन नगरपालिका वडा नम्बर ७ का अध्यक्ष सिद्धराज ढुगाँना, नेपाल कम्युनिष्ट पार्टि नेकपा वडा नम्बर ६ का अध्यक्ष चक्र प्रसाद भण्डारी, नेपाली काग्रेसका वडा सभापती हेमराज भण्डारीले सुझाब सहितको मन्तव्य राख्दै अपराधिक क्रियाकलाप देखि अबैध मदिरा नियन्त्रणमा प्रहरीको महत्वपुर्ण साथको आवश्यकता रहेको बताउनु भयो । वडा सदस्य देबेन्द्र प्रसाद भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संञ्चालन वडा सचिव धिरेन्द्र भण्डारीले गर्नु भएको थियो ।

प्रतिक्रिया