चौरपाटीको शिरोमणी लेखनाथ अधारभूत विद्यालयलाई २० हजार बराबरका मास्क र सेनीटाईजर सहयोग
अछामको चौरपाटी गाउँपालिकामा विद्यालयहरु सञ्चालनमा आएसँगै खान्डाँडाँ समाज सुधार युवा क्लबले एउटा विद्यालयलाई मास्क र सेनिटाईजर सहयोग गरेको छ । गाउँपालिकाको वडा नम्बर १ स्थित खान्डाँडाँ टोलमा स्थापना गरिएका क्लबले शिरोमणी लखनाथ आधारभूत विद्यालयलाई करिब २० हजार बराबरको मास्क र सेनिटाईजर सहयोग गरेको हो ।
कोरोना महामारीमा विद्यालयहरु सञ्चालन भएपछि विद्याथीहरुको सुरक्षाका लाििग भन्दै क्लबले मास्क र सेनिटाईजर विद्यालयलाई हस्तान्तर गरेको हो । बुधबार एक कार्यक्रमका विच क्लबका अध्यक्ष नविन साउँदले विद्यालय व्यस्थापन अध्यक्षका रति सिं साउँद र प्रधानाध्यापक धनकृष्ण पाण्डेयलाई मास्क र सेनिटाईजर हस्तान्तर गरेका हुन । क्लबका अध्यक्ष नविन साउँदले करिब २० हजार बराबरका मास्क र सेनिटाईजर विद्यालयलाई हस्तान्तरण गरेको जानकारी दिए । उनले साढे तीन सय वटा मास्क, २० वटा केएन९५ मास्क र ५ लिटर सेनिटाईजर विद्यालयलाई हस्तान्तरण गरेको बताए । अध्यक्ष साउँदले आफुहरुले विद्यालयलाई विगतका बर्षदेखि नै सहयोग गर्दै आएको बताए ।
यस्तै विद्यालयका प्रधानाध्यापक पाण्डेयले यो महामारीको समयमा विद्यालयलाई मास्क र सेनिटाईजर क्लबले सहयोग गरेको भन्दै धन्यबाद व्यक्त गरे । क्लबले सहयोग गरेको मास्क र सेनिटाईजरले विद्यालय सञ्चालनमा सहयोग पुग्ने उनले बताए । यसैगरी करिब ३५० वटा मास्कहरु विद्यालयलाई कालिका बालविकास केन्द्रले समेत सहयोग गरेको छ । क्लब विगत केही बर्ष देखि सामाजिक कार्यमा काम गर्दै आएको छ । यस भन्दा अगाडी क्लबले कोरोना संक्रमण रोक्न समु्दायमा सरसफाई र साबुन लगायतका सामाग्री समेत सहयोग गरेको थियो ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
इम्प्याक्ट नेपालद्वारा राम बहादुर बोगटी सम्मानित
-
सुदूरपश्चिम प्रदेश सरकार गठनको समयसीमा आज सकिँदै, नयाँ सरकार गठनको अन्योल कायमै
-
जिल्ला स्तरिय महिला मानव अधिकार संरक्षकहरुको लागि दुई दिने सुरक्षा र हेरचाह सत्र कार्यक्रम साँफेबगरमा सम्पन्न
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले दिए राजीनामा
-
रञ्जिता द्वारा रेशमले डाकेको पार्टी बैठक खारेज
प्रतिक्रिया