Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०७ बैशाख २०८१

आगलागीमा घाइते भएका मगर दम्पतीलाई काङ्ग्रेस रामारोशनको आर्थिक सहयोग

आगलागीमा घाइते भएका मगर दम्पतीलाई काङ्ग्रेस रामारोशनको आर्थिक सहयोग

असोज ४, अछाम

रामारोशन गाँउपालिकामा आगलागी बाट घाइते भएका दम्पतिलाई नेपाली काङ्ग्रेस रामारोशनले आर्थिक सहयोग गरेको छ । वडा नमूना ३ कालापानीमा गत साउन २८ गते घरमा आगलागी हुँदा रतन बुढामगर र उँहाकी श्रीमती पार्वती बुढा मगर गम्भीर घाइते हुनुभएको थियो । घाइते भएका मगर दम्पतीको उपचार स्वरुप नेपाली काङ्ग्रेस रामारोसन गाउँपालिकाले ११ हजार १ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

उक्त रकम घाइते रतनका दाजु लोक बहादुर बुढामगरलाई आइतबार हस्तान्तरण गरीएको हो । रकम हस्तान्तरण कार्यक्रममा नेपाली काङ्ग्रेसका सदस्य मानबहादुर साँउद , नेबिसंघ पुर्व केन्द्रिय सदस्य चन्द्र बिक , काङ्ग्रेस रामारोसन सचिव पुर्ण विक , नेपाल बिद्यार्थी संघ जिल्ला सदस्य पुष्प बिष्ट , महेश बटाला, काङ्ग्रेस नेता केसर शाह , विनोदशाह लायतको उपस्थित रहेको थियो । घाईते बुढामगरको उपचारका लागि समस्या भएकाले नेपाली काङ्ग्रेस रामारोसन गाउँपालिकाले सहयोग गरीदीन सम्पुर्णमा अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया