Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १६ चैत २०८०

२४ घन्टामा १३ सय २५ जनामा कोरोना संक्रमण, ९ सय ६६ डिस्चार्ज

२४ घन्टामा १३ सय २५ जनामा कोरोना संक्रमण, ९ सय ६६ डिस्चार्ज

मुलुकभर १३ सय २५ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा नेपालमा थप १३ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा आइतबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६४ हजार १ सय २२ पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ९ सय ६६ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ४६ हजार २ सय ३३ जना पुगेको छ ।

त्यसैगरी २४ घण्टामा ९ हजार ५८४ पीसीआर परीक्षण भएका छन् । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट ९ लाख १४ हजार २९० परीक्षणहरु गरिएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ७ हजार ४५१ जना रहेका छन् । त्यसैगरी सक्रिय संक्रमितको संख्या १७ हजार ४७८ जना रहेको छ ।

२४ घन्टामा उपत्यकामा ७ सय ६७ जनामा संक्रमण पुष्टि भएको छ । सोही अवधिमा थप १० जनाको मृत्यु भएको छ । मृतको संख्या ४ सय ११ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया