Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १६ चैत २०८०

नेपालमा थप ९०२ जनामा कोरोना पुष्टी

नेपालमा थप ९०२ जनामा कोरोना पुष्टी

काठमाडौं : अद्यावधिक विवरण अनुसार मंगलबार नेपालमा ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा जनाकारी गराइएको हो ।

यो संगै नेपालमा अहिलेसम्म संक्रमितको संख्या पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमले बताए । साेमबार मात्रै देशभर ९७९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे थियाे ।

हाल नेपालमा १४ हजार ८६८ सक्रिय संक्रमित रहेका छन् । पहिल्लाे २४ घण्टामा २ हजार २७८ काेराेनाकाे संक्रमणबाट निको भएर घर फर्किएका छन् । हालसम्म ३२ हजार ९६४ जना काेराेना मुक्त भइ घर फर्किसकेका छन् । पहिल्लाे २४ घण्टामा १० हजार ६११ गरि हालसम्म ७ लाख ७७ हजार ५६३ को पिसिआर परिक्षण भएको छ ।

प्रतिक्रिया