Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०७ बैशाख २०८१

अछामको मंगलसेनमा बन्दाबन्दीको स्वरुप फेरियो , साँफेबगरमा लडाउन खुल्यो

अछामको मंगलसेनमा बन्दाबन्दीको स्वरुप फेरियो , साँफेबगरमा लडाउन खुल्यो

धिरज कुँवर  भदौ २२, अछाम

मंगलसेन नगरपालिकाले जारी गरेको बन्दाबन्दीको स्वरुप मंगलबारदेखि बदलिने भएको छ । सोमबार बसेको नगर संकट व्यवस्थापन केन्द्रको निर्णायानुसार भदौ २९ गतेसम्म आंशिक रूपमा बन्दाबन्दी खुल्ने भएको नगर प्रमुख पदम बहादुर बोहराद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ । नगरपालिकाका ५८२ जनाको पिसिआर परिक्षण गरेकोमा ११३ जनामा कोरोना संक्रमण देखिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । नगर प्रमुख बोहराका अनुसार हाल आइसोलेसनमा ५ जना र क्वारेन्टाइनमा १२ जना रहेका छन् । कोभिड-१९ संक्रमणको रोकथामलाई प्रभावकारी बनाउन बन्दाबन्दी नै मुख्य विकल्प भएको उहाँले बताउनुभयो ।

नगर संकट व्यवस्थापन केन्द्रको निर्णय अनुसार भदौ २३ गतेदेखि २९ गते राति १२ बजेसम्म बन्दा बन्दिको स्वरुप फेरिने भएको हो । उहाँका अनुसार बजार क्षेत्र प्रत्येक दिन बिहान १० बजेसम्म ,आकस्मिक कार्य र खाद्यान्न ढुवानी प्रयोजनको लागि मात्र यातायात जुनसुकै समयमा पनि संचालन गर्न पाइने भएको छ । त्यस्तै कृषि तथा पशु उपज संकलन एवं विक्री वितरण केन्द्र (हाटबजार) बिहान ६ बजेदेखि ९ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म संचालन गरिने भएको छ भने मंगलसेन नगरपालिका कार्यालय र वडाहरुमा आवश्यक सेवा प्रवाह (स्वास्थ्य , सरसफाइ र विपत व्यवस्थापन मात्र ) संचालन हुनेछ । मंगलसेनमा रहेका राष्ट्रिय बाणिज्य बैंक र नेपाल इन्भेस्टमेन्ट बैंक भदौ २२ र २३ गते बिहान १० बजे देखि १ बजेसम्म संचालन हुनेछन् भने कृषि विकास बैंक र ग्लोबल आइएमइ बैंक भदौ २४ र २५ गते बिहान १० बजे देखि १ बजेसम्म खुल्ने छ्न । त्यस्तै महालक्ष्मी बैंक भदौ २६ र २८ गते बिहान १० बजे देखि १ बजेसम्म र सम्पुर्ण लघुवित्त वित्तीय तथा सहकारी संस्थाहरु भदौ २४ र २९ गते बिहान १० बजे देखि १ बजेसम्म खुल्ने भएका छन ।

यता साँफेबगर नगरपालिकाले लगाएको बन्दाबन्दीलाई खुलाइएको छ । बुधबार राती १२ बजेपछि लागु हुने गरि लकडाउन हटाईएको नगरका कार्यबाहक प्रमुख बिर्मला बुढथापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ । बन्दाबन्दी खुलाइए पनि कोरोना संक्रमणको जोखिम रहिआएकोले सम्पुर्णलाई स्वास्थ्य सुरक्षाका उपाय अपनाउन विज्ञप्तिमार्फत आग्रह गरिएको छ । साँफेबगरमा भदौ ९ गते देखि १६ गते राती १२ बजेसम्म पहिलो र गरि भदौ २३ गतेसम्म पुर्णरुपमा बन्दाबन्दी गरिएको थियो । लकडाउनलाई पुर्णरुपमा गर्न सफल पार्न सहयोग गर्ने सबैलाई नगरपालिकाले धन्यवाद व्यक्त गरेको छ ।

प्रतिक्रिया