Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०८ बैशाख २०८१

कैलालीमा एकैदिन ६३ जना नेपाली सेनामा कोरोना पुष्टि

कैलालीमा एकैदिन ६३ जना नेपाली सेनामा कोरोना पुष्टि

धनगढी : सुदूरपश्चिममा आज थप ६३ जना नेपाली सेनामा कोरोना पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परिक्षणमा कैलालीमा कार्यरत थप ६३ जनामा संक्रमण पुष्टि भएको हो । 

कैलालीमा कार्यरत ६३ जना सैनिकमा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा सोमवार भएको परीक्षणमा ६३ जनामा नेपाली सेनामा संक्रमण पुष्टि भएको हो। उनीहरु सबै लम्कीचुहा नगरपालिकामा रहेको सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोरङ्गेमा कार्यरत छन् ।

यसअघि शिक्षालयमा कार्यरत चार जनामा सेनामा संक्रमण पुष्टि भएपछि दुई सय ४५ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि धनगढी पठाइएको थियो। 

प्रतिक्रिया