Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०७ बैशाख २०८१

कांग्रेस सभापतिमा डा. शेखर कोइराला !

कांग्रेस सभापतिमा डा. शेखर कोइराला !

ठाकुर वेलवासे

काठमाडौं :  नेपाली कांग्रेसभित्र चौधौंँ महाधिवेशनको व्यापक चर्चा चलिरहेका बेला कांग्रेसको  भावी  नेतृत्व र संघीय सरकारको दोस्रो कार्यकालका  बारेमा शक्तिकेन्द्र अहिलेदेखि नै  योजना बनाउनमा लागिपरेका छन् । संघीय सरकारको पहिलो कार्यकालको नेतृत्व पाएको नेकपाभित्रको किचलोका कारण आन्तरिक  र बाह्य राजनीतिलाई सन्तुलनमा राख्न नसकिरहेका बेला दुई छिमेकी मुलुक भारत र चीन कांग्रेसको भावी नेतृत्वका बारेमा सामूहिक योजनामा लागेका हुन् । दुवै छिमेकी देशले संघीय संसदको दोस्रो निर्वाचन र सरकारका बारेमा समेत योजना बनाउन थालेको स्रोतले बताएको छ । 

अहिले नेपालमा रहेका भारतीय राजदूतावास र चिनियाँ राजदूतावासले दूतावासका दोस्रो दर्जाका व्यक्तिहरूलाई यस योजनामा खटाएका छन् । स्रोतका अनुसार दुवै देशका प्रतिनिधिहरूको छलफलबाट योजनामा राजदूत हुँदैै दुवै देशका सरकारहरू विश्वस्त बनेको अवस्था रहेको छ । दुवैै  दूतावासका प्रतिनिधिहरूले कांग्रेसको चौधौँ महाधिवेशनबाट कांग्रेस नेता डा. शेखर कोइरालालाई निर्वाचित सभापतिका रूपमा स्थापित गर्ने गरी रणनीति बनाउन थालेका छन् । यसका लागि उनीहरूले कांग्रेसभित्रको कोइराला खेमालाई यस योजनामा सहमत गराउन सफल पनि भइसकेको स्रोतले दाबी गरेको छ ।

योजनाअनुसार डा. शेखर कोइरालालाई निर्वाचित पार्टी सभापति, विमलेन्द्र निधिलाई उनीअनुकूलको महामन्त्रीसहित निर्वाचित उपसभापति, रामचन्द्र पौडेललाई निर्वाचित राष्ट्रपति र प्रकाशमान सिंहलाई प्रधानमन्त्री बनाउने रहेको बुझिएको छ ।

वर्तमान महामन्त्री डा. शशांक कोइराला र सुजाता कोइरालालाई शक्तिशाली केन्द्रीय सदस्यका रूपमा स्थापित गर्ने रणनीतिमा दिल्ली र बेइजिङ पूर्ण रूपमा लागिपरेको स्रोतले बताएको छ । तेह्रौँ महाधिवेशनमा सर्वाधिक मत ल्याएका  शेखर पार्टी सभापति देउवाका एक्ला आलोचक हुन् भने देउवाले पनि शेखरलाई भ्याए र सकेसम्म पेल्दै आएका छन् । महाधिवेशनपछि  कांग्रेसभित्र सबैभन्दा बढी सक्रिय रहेका शेखर  पार्टी कार्यकर्ता माझमा निकै लोकप्रिय बन्दै आएका छन् । परिवारभित्र जेष्ठ सदस्य उनी परिवारमा पनि निर्णायक भूमिकामा देखिँदै आउन थालेका छन् । पार्टी  राजनीतिमा सफलता हात लागेसँगै दुई छिमेकी मुलुक भारत र चीन उनीअनुकूल बन्नुले शेखरको राजनीतिक भविष्य सुनिश्चित रहेको देखिन्छ ।

भारतीय सत्ता पक्ष र विपक्षीसमेतसँग सन्तुलित सम्बन्ध कायम राख्न सफल डा. शेखर कोइरालाका दाजु निरञ्जन कोइराला दिल्लीमा बसेर पत्रकारिता गरिरहेका छन् । आफ्नै लगानीमा पत्रिका प्रकाशन र सम्पादन गर्दै आएका उनी क्षमतावान् कांग्रेस भएर पनि पार्टीमा किनारीकृत गरिएका पात्र हुन् । उनको भारतीय रानीतिक वृत्तमा माथिल्लो तहसम्म सम्बन्ध रहेको बताइन्छ । उनैले दिल्ली र बेइजिङलाई शेखरअनुकूल बनाउने काम गरिरहेको स्रोतको दाबी छ । चुनौतीका रूपमा देखिएको कोइराला खेमाभित्रका कोइराला सदस्यहरूको नेतृत्व टकरावलाई व्यवस्थापन गर्न सफल बनेपछि भारत र चीन यस योजनालाई अन्तिम रूप दिने पूर्ण तयारीमा लागेको स्रोतको दाबी छ । 

कांग्रेसका नाममा भारत-चीन किन एक ठाउँमा ?

बाहिर जे हल्ला चले पनि चीनले नेपालमा कम्युनिस्ट शासन रुचाउँदैन । त्यसो त चीनले नेपालबाट राजतन्त्र फ्याँक्ने सन्दर्भलाई असहज मानेबाटै चीन नेपालमा गणतन्त्र पनि चाहँदैनथ्यो भन्ने प्रष्ट छ । तर, परिस्थिति चीनले खोजेभन्दा निकै फरक भएका कारण नेपालको यो राजनीतिक परिवर्तनलाई उसले स्वीकार गर्नु बाध्यता भएको हो ।

अनेकन अर्थमा दिल्ली र चीनसँग सहकार्य र समन्वय नगरी नेपालमा सत्तामा टिक्न नसकिने कुरा कांग्रेस कम्युनिस्टहरूले राम्रोसँग बुझेका छन् । लोक तालीका लागि बेला बखत चीन र भारतलाई आलोचना गरेर आफ्नो अस्तित्व जोगाउन खोज्नु अर्को कर्मकाण्ड मात्र हो । यो कर्मकाण्ड राणाकालदेखि आज गणतनत्रकालसम्म निरन्तर रहेको छ । नेपाली  राजनीतिमा टिक्नका लागि भारत र चीनको सहयोगलाई  राम्रोसँग बुझेको  र उनीहरूको स्वार्थ या इच्छालाई मनन गर्दै आएको तत्कालीन एमालेले पार्टीको नामसमेत परिवर्तन गर्नेसम्मको निर्णयमा आफूलाई  लान खोजेको थियो । त्यसो त माओवादीसँग एकीकृत भएर नेकपा बनिसक्दा पनि एमाले प्रशिक्षणबाट आएका नेता, कार्यकर्ताले लोकतान्त्रिक प्रजातन्त्रको चर्को वकालत आज पनि गर्दै आएका छन् । एमालेभित्रको यही नरमपनका कारण एमाले-माओवादी एकीकरणमा चीनले ठूलो भूमिका निर्वाह गरेको थियो । तर, अहिले जसरी नेकपाको राजनीतिक बाटो अन्योलमा देखिन्छ, त्यसरी नै चीन पनि नेकपाका सन्दर्भमा अलमलमा परेको बुझिन्छ । 
पार्टी अध्यक्ष  केपी शर्मा ओली अमेरिकी प्रतिष्ठा बोकेको एमसीसीका पछि कुद्ने, अर्का अध्यक्ष पुष्पकमल दाहाल भेनेजुयला  र क्युबाको चासोमा दौडने ।  बरिष्ठ भनिएका नेताहरू कहिले उत्तर कोरिया त कहिले नक्सलवादीका पक्षमा कुर्लिरहने अवस्थाबाट चीन आजित भएको बुझिन्छ । नेपाली राजनीतिमा भारत र चीनले तेस्रो शक्तिको न त भूमिका रुचाउँछन्, न नेपाली राजनीतिक वृत्तमा तेस्रो पक्षको चर्चा सुन्न नै । नेपाल सन्दर्भमा भारत र चीन मिलिभगतको रणनीतिमा निरन्तर रहेका देखिन्छन् तर भारतलाई देखाएर चीनबाट र चीनलाई देखाएर भारतबाट लाभ लिने विचौलियाहरू राजनीति मौलाएका कारण कम्युनिस्ट राजनीतिलाई चीनले समर्थन गर्छ ।  र प्रजातान्त्रिक राजनीतिलाई भारतले साथ दिन्छ । भन्ने गलत हल्ला निरन्तर गरिरहेका छन्  । वास्तवमा भारत र चीन नेपालमा मिलेर नेपाललाई व्यवस्थापन गर्न चाहन्छन् । शक्तिमा आएसँगै भारतसँग  पौँठेजोरी  खेलेको देखाएका ओलीले एमसीसी पास गराउने नाममा कांग्रेस सभापति देउवालाई साथ लिएबाट चीन अझ बढी झस्किएको चर्चा नेपाली राजनीतिमा व्याप्त छ । अझ एमसीसी पास गराउन साथ दिएबापत देउवालाई सभापतिमा निर्वाचित गराउन सम्झौता गरेको भन्ने हल्लाले चीन ओलीप्रति निकै रुष्ट हुँदै आएको जानकारहरू बताउँछन् । 

पछिल्ला दिनमा भारतीय र चिनियाँ राजदूतहरूको दौडधुप 

मुलुकका दुई ठूला दल नेकपा र कांग्रेस आन्तरिक शक्ति संघर्षमा  रहेका बेला भारतीय र चिनियाँ राजदूतहरू नेपालमा भारत-चीनअनुकूलको भावी राजनीति निर्धारण गर्ने गरी दौडधुपमा व्यस्त रहे । साउनदेखि दौडधुपमा रहेका उनीहरूले कांग्रेस र नेकपाका प्रभावशाली नेताहरूलाई भेट्ने काम गर्दै आएका छन् । भदौको पहिलो साता भारतीय राजदूत विनयमोहन क्वात्राले पूर्वप्रधानमनत्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई दूतावासमै बोलाएर नेपाली दलीय राजनीति र सत्ता राजनीतिका बारेमा लामो छलफल गरेका थिए । त्यसै साता उनले कांग्रेस महामन्त्री शशांक कोइरालालाई पनि दूतावासमा बोलाएर लामो छलफल गरेका थिए । 

भदौको पहिलो साता नै क्वात्राले पूूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई भेटे भने अर्का पूर्वप्रधानमन्त्री एवं बरिष्ठ नेता माधव नेपाललाई उनीहरूकै निवासमा भेट गरे । क्वात्राले नेपाल र दाहालसँग नेकपाको राजनीतिक 'लाइन' र भावी नेतृत्वका बारेमा सोधेको स्रोतले बताएको छ ।  यी भेटहरूसँगै क्वात्रा भदौको पहिलो साता नै सडक मार्ग हुँँदै दिल्ली पुगेर तीन दिनमा नेपाल फर्किएका थिए । उनको यो दौडधुपले पनि नेपाली राजनीतिमा अल्पकालीन र दीर्घकालीन केही परिवर्तन हुँदै छ भन्ने प्रष्ट पार्छ । खुल्ला मञ्च

प्रतिक्रिया