Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १६ चैत २०८०

इआरसी ढकारीद्धारा रामारोशनका बाढीपिडितलाई राहत संकलन

इआरसी ढकारीद्धारा रामारोशनका बाढीपिडितलाई राहत संकलन

भदौ १७ ,अछाम

आपतकालीन प्रतिक्रिया केन्द्र (इआरसी) ढकारीले रामारोशनका बाढीपिडितको लागि राहत संकलन अभियान सुरु गरेको छ । पहिलो चरणमा ढकारी गाउँपालिका –६ मा रहेको ढुंगाचाल्ना बजारमा ४ हजार पाँच सय रुपैँया संकलन गरेको हो । उक्त रकम बुधबार नै रामारोशन गाउँपालिकाको राहत व्यववस्थापन कोषमा जम्मा गरिएको इआरसी ढकारीका संयोजक भुपेन्द्रबहादुर बुढाले बताए ।

भदौ २ गते राती रामारोशन गाउँपालिकाको सैनीबजार अविरल वर्षाले १७ जना बेपत्ता पारेको र जनधनको अकल्पनिय क्षेति भएको खबर सुनेपछि पिडितलाई राहत दिन स्थानीयस्थमा सल्लाह गरेर अभियान सुरु गरेको उनले बताए । ‘हाम्रो सानो सहयोगले त्यहाँका पिडितलाई राहत पुग्छ भन्ने लागेर नै युवाहरुले अभियान सुरु गरेका हौं’ उनले भने ,‘विपतको बेला रामारोशनलाई मात्रै होइन हामी सबैलाई पिडा भएको छ ।

हाम्रो अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद । आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्दछौं ।’ आपतकालीन प्रतिक्रिया केन्द्र (इआरसी)ले आपतमा परेकाहरुलाई नै सहयोग गर्ने गरेको उनले बताए । राहत संकलन कार्यक्रममा सहसंयोजकः उमेसश थापा सदस्यः गणेशबहादुर बुढा ,नरेन्द्रबहादुर थापा ,प्रकाश बहादुर बुढा , देबेन्द्रबहादुर बुढाको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया