Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १४ बैशाख २०८१

अछाममा कुटपिटबाट २४ बर्षिय युवकको ज्यान गयो ।

अछाममा कुटपिटबाट २४ बर्षिय युवकको ज्यान गयो ।

कमल रावल, भदौ १७ अछाम

अछाम जिल्लामा २४ बर्षिय युवकको कुटपिट पछि मुत्यु भएको छ । मंगलसेन नगरपालिका वडा नम्बर १४ कालागाउका मानसिह भण्डारीका २४ बर्षिय छोरा संन्तोष भण्डारीको आज जिल्ला अस्पताल अछाममा मुत्यु भएको हो । हिजो मंगलसेन नगरपालिका वडा नम्बर १४ कालागाउको खाँदमा कमलबजार नगरपालिका वडा नम्बर ६ हात्तिबाझका युवासँग आपसि विवाद भएपछि कुटपिट हुदा गम्भीर घाईते भएका भण्डारीको आज दिउसो जिल्ला अस्पताल अछाममा मुत्यु भएको बताईएको छ ।

बाह्य चोट धेरै नदेखिएपनी भित्रि भागमा गम्भीर चोट लागेको र थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएपनी हेलिकप्टरमा लैजान नपाउदै मंगलसेनमा मुत्यु भएको जिल्ला अस्पताल अछामका प्रमुख डाक्टर मनोज बिष्टले बताउनु भयो । उहाँको भित्रि भागमा गम्भीर चोट भएकाले अछाममा उपचार सम्भब नभएपछी नेपालगञ्ज रेफर गर्दा लैजानका लागि अछाममा हेलिकप्टर ल्याण्ड हुने बित्तिकै मुत्यु भईसकेको डाक्टर बिष्टले बताउनु भयो । यता जिल्ला प्रहरी कार्यालय अछामका अनुसार कुटपिटका कारण मुत्यु भएकाले घटनाको अनुसन्धान जारी रहेको बताईएको छ । कमलबजार नगरपालिकाका ६ हात्तिबाझका भुपेन्द्र शाही लगाएतका ४÷५ जना युवाको समुहले उहाँलाई कुटपिट गरेकाले आज बिहानै देखि खोजि कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक सुचना अधिकारी रमेशदत्त अबस्थीले बताउनु भयो ।

मृतकका आफन्तको तर्फबाट समेत प्रहरी कार्यालयमा उजुरी आईसकेकाले भुपेन्द्र शाही फरार रहेकाले खोजि कार्य तिब्र पारिएको उहाँले बताउनु भयो । मृतकका भण्डारीका आफन्तले घट्नामा सग्लन दोषिलाई चाडो भन्दा चाडो पक्राउ गरि कानुनी कटघरामा ल्याउन प्रहरी समक्ष माग गरेका छन ।

प्रतिक्रिया