Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, १२ बैशाख २०८१

पुरन रावलद्वारा रामारोशनका बाढि पिडितलाई सहयोग

पुरन रावलद्वारा रामारोशनका बाढि पिडितलाई सहयोग

भदौ ९ अछाम  

मंगलसेन नगरपालिका वडा नम्बर ९ वलिगाउ निवासी युवा समाजसेवी पुरन रावलले रामारोशनका बाढी पिडितका लागि आर्थिक सहयोग गर्नु भएको छ । रामारोशन गाउपालिकाका उपाध्यक्ष सरस्वती रावललाई १० हजार १ सय रुपैया हस्तान्तरण गर्दै आर्थिक सहयोग रावलले गरेका हुन ।

कैलाशकाे बाढिले ज्यान गुमाएका परिवारका आफन्तलाई क्रिया खर्च स्वरुप राहत पुगोस भनेर सहयोग गरेको उहाले बताउनु भयो । रामारोशन गाउपालिका ५ चौकामा जनज्योति बोर्डिग स्कुल सन्चालन गर्दै आएका रावलले आगामि दिनमा समेत दुख पिडामा परेका नागरिकलाई आवश्यक राहत सहयोग गर्न तत्पर रहेको बताउनु भएको छ ।

प्रतिक्रिया