Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १३ बैशाख २०८१

नव गायक रावलको पहिलो देउडा गित “प्रदेश मेरा भाग” सार्वजनिक - भिडियो सहित

नव गायक रावलको पहिलो देउडा गित “प्रदेश मेरा भाग” सार्वजनिक - भिडियो सहित

कमल रावल, भदौ ८ अछाम

नव गायक लोकमान बिरही रावलको पहिलो देउडा गित “प्रदेश मेरा भाग” बजारमा सार्वजनिक भएको छ । अछाम जिल्ला बान्नीगढी जयगढ गाउपालिका वडा नम्बर ५ कालिका सुगालि निवासी गायक रावलको प्रदेशमा बस्ने नेपाली दाजुभाईको पिडामा आधारित “प्रदेश मेरा भाग” पहिलो प्रस्तुती बिशेष फिल्मसको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको हो ।

रावलले शब्द संगीत भर्नु भएको गितमा स्वर स्वयम रावल तथा चर्चित देउडा गायिक निरुता खत्रिले भर्नु भएको छ । गायक नेत्र परियारको लय, भिम थापाको निर्देशन, डीबी रौलेले छायाँकन तथा सम्पादन राजेश कुमारले गरेको छन । गितको भिडियोमा प्राय आधुनिक गीतका म्युजिक भिडियोमा बढी अभिनय गरिसकेका सनम कठायत र नेपालि गित संगीतकी मोडल साया भण्डारीको अभिनय गरेका छन । युटुबमा सार्वजनिक भएको १ दिनमै थुप्रै दर्शक तथा स्रोता गितलाई मन पराएकाले सबैलाई सल्लाह दिन रावलले आग्रह गर्नु भएको छ ।

 

प्रतिक्रिया