Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १५ चैत २०८०

क्वार्टरबाट स्वास्थ्यकर्मीलाई हटाउने निर्णय र मेरा ४ प्रश्नहरु

क्वार्टरबाट स्वास्थ्यकर्मीलाई हटाउने निर्णय र मेरा ४ प्रश्नहरु

रमेश कुँवर

             कोरोना भन्दा धेरै गुणा खतरनाक रोगहरु हामी समक्ष छन । कोरोनाको नाममा नजरान्दाज नगरौं । उदाहरणको लागी भर्खरै "दक्षिणकाली नगरपालिकाको चाल्नाखेल प्राथमिक स्वास्थ्य केन्द्र"मा आइसोलेशन सेन्टर स्थापना गर्ने र सोका लागी त्याह कार्यरत चिकित्सक बाहेकका स्वास्थ्यकर्मीलाई कोठा छोड्न निर्णय गरियो । गज्जब छ । यो निर्णय देखेपश्चात मेरो मष्तिस्क उब्जेका केहि प्रश्नहरु जसको जवाफ सबै जनप्रतिनिधि र निर्णायक तहका कर्मचारीहरुले सोच्नु/दिनुपर्छ ।

प्रश्नहरु

१) प्राथमिक स्वास्थ्य केन्द्रमा आइसोलेशन सेन्टर खोल्ने हो भने आधारभूत स्वास्थ्य सेवा कहाँबाट प्रवाह गर्ने ? गर्भवती जाँच, खोप सेवा, प्रसुती सेवा, क्षयरोग उपचार सेवा, पोषण सम्बन्धिका सेवा, सामान्य बिरामी चेकजाँचका सेवाहरु चाहिदैन हो ?

२) स्वास्थ्यकर्मीलाई कोठा छोड्न भनियो । अनि त्यहि आइसोलेशन सेन्टरमा तिनै स्वास्थ्यकर्मीलाई खटाउने होला हैन ? यस्तो बेला ति स्वास्थ्यकर्मी कँहा गएर कोठा खोज्छन ? कसले दिन्छ कोरोना अग्रपंतिमा कार्यरत स्वास्थ्यकर्मीलाई कोठा ? ल मानौ कसैको घर नजिकै होला । ति स्वास्थ्यकर्मी के अब घरबाट अपडाउन गरेछी परिवारलाई संक्रमणको जोखिम बढ्दैन ? मानवीयता र स्वास्थ्यकर्मीलाई काम गर्ने वातावरण खोई ?

३) अर्को महत्वपूर्ण पाटो यसमा मैले देखेको । गलत निर्णयमा ठुलो हात कर्मचारीकै नै हुँदो रहेछ । नगरपालिकामा रहेका स्वास्थ्य संयोजक र प्रमुख प्रशासकीय अधिकृत ज्यूले बोल्न पर्दैन ? यी सब कुरा सोच्न पर्दैन ? गलत कुराको बिरोध गर्न सकिदैन ? व्यक्तिगत स्वार्थ भन्दा माथि उठ्न पर्दैन ? कोरोना व्यवस्थापनको लागि स्वास्थ्यकर्मीको दिमागबाट सोच्न पर्दैन ? (गलत नियतवाला आदरणीय कर्मचारी ज्यूहरुलाई मात्रै केन्द्रित)

४) अग्रपंतिमा कार्यरत चिकित्सक र अन्य स्वास्थ्यकर्मीहरुलाई हेर्ने नजरमा विरोधाभास त झनै गज्जबको छ । कोभिड-१९ को लडाईमा चिकित्सक भन्दा पनि अन्य स्वास्थ्यकर्मीको ठुलो भूमिका छ । स्वास्थ्यकर्मीको भूमिकालाई अदृश्य राख्न खोजेको देख्दा उदेक लाग्छ ।

विशेष अनुरोध : सेयर गरेर सम्बन्धित स्थानीय तहका प्रमुख/उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत/स्वास्थ्य संयोजक/वडा अध्यक्ष र अन्य सरोकारवालाहरु ज्यू कँहा पुर्याईदिनुहुन विशेष अनुरोध । कोरोना भन्दा खतरनाक महामारी घरमै वा घर नजिकै छन । कोरोना मात्रै भनेर नजर अन्दाज नगरौं । कोरोनालाई अल्लि बढी ध्यान दिउँ र साथसाथै अन्य जनस्वास्थ्यका समस्या विरुद्दका हाम्रा विगत/हालका प्रयासलाई अझै शसक्त अगाडी बढाउँ । हार्दिक नमन सम्पूर्णमा ।

श्रोत : रमेश कुँवर,जनस्वास्थ्य अधिकृत को फेसबुक वाल

 

कोरोनामय मष्तिस्क झनै हानिकारक छ निर्णयकर्ता ज्यू (जनप्रतिनिधि/कर्मचारी) क्वार्टरबाट स्वास्थ्यकर्मीलाई हटाउने निर्णय र...

Posted by Ramesh Kunwar on Wednesday, August 19, 2020

प्रतिक्रिया