Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १४ बैशाख २०८१

सुदूरपश्चिमका १८ वर्षीय किशोरको कोरोना संक्रमणबाट मृत्यु

सुदूरपश्चिमका १८ वर्षीय किशोरको कोरोना संक्रमणबाट मृत्यु

धनगढी : सुदूरपश्चिमका १८ वर्षीय किशोरको कोरोना संक्रमणबाट मृत्यु भएको छ। अछाम जिल्लाको रामारोशन गाउँपालिकाका वडा नम्वर ५ का १८ बर्षीय किशोरको कोरोना संक्रमणबाट मुत्यु भएको हो। 

उनको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा बुधवार मृत्यु भएकोमा आज संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। उनी मुटुरोगबाट ग्रसित थिए। योसंगै सुदूरपश्चिममा कोरोना संक्रमित ११ जनाको मृत्यु भएको छ। 

यस्तै पछिल्लो २४ घण्टामा थप तीन जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार धनुषाको मिथिला नगरपालिका ७ ढल्केवरका ८५ वर्षीया महिलाको साउन २८ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमाउपचारका क्रममा मृत्यु भएको छ।

मोरङको विराटनगर महानगरपालिका -३ का ५७ वर्षीय पुरुषको साउन २८ गते कोसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। उनी मधुमेह र उच्च रक्तचापबाट ग्रसित थिए।

यसैगरी महोत्तरीको महोत्तरी मटिहानी नगरपालिका ६ का ४५ वर्षिय पुरुषको साउन २५ गते मृत्यु भएको उनले बताए। क्षयरोग र मधुमेहका ग्रसित उनको राज जानकी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। दिनेश खबर

प्रतिक्रिया