Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०७ बैशाख २०८१

अछाममा मास्क नलगाउने ५३२ जनालाई कारवाही

अछाममा मास्क नलगाउने ५३२ जनालाई कारवाही

अछाममा प्रहरीले मास्क नलगाएर हिडडुल गर्ने माथी कडाई गर्न थालेको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मास्क नलगाई हिडडुल गर्ने ५ सय ३२ जनालाई कार्वाहि गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी योगेन्द्र सिह थापाले कार्वाहि गरिएकोबाट ५० हजार ३ सय रुपैया जरिवाना गरिएको बताउनु भयो । ९ हजार ३ सय ३२ जनालाई सम्झाई बुझाई गरी छोडिएको उहाले बताउनु भयो । सबै भन्दा बढी अछामको साँफेबगर, मंगलसेन, कमलबजार, जयगढबजारमा मास्क बिना हिडडुल गर्नेलाई कार्वाहि गरिएको उहाले बताउनु भयो । १ सय ९० जनालाई मास्क बितरण गरिएको डिएसपी थापाले जानकारी दिनु भयो । कोरोनाबाट बच्न र बचाउन प्रहरीले जनचेतना मुलक कार्यहरु गर्दे आएको उहाले बताउनु भयो ।

प्रतिक्रिया