Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १३ बैशाख २०८१

अछाममा २८ जना कोरोना संक्रमीत थपिए

अछाममा २८ जना कोरोना संक्रमीत थपिए

अछाममा शनिबार २८ जनामा कोरोना भाइरस ( कोभीड१९ )को संक्रमण देखिएको छ।

स्वास्थ्य कार्यालयका सुचना अधिकारी देव जोशीका अनुसार रामारोशन गाउँपालिकाका १६ , मंगलसेन नगरपालिकाका ७ जना र पंचदेवल विनायक नगरपालिकाका ५ जना गरि शनिबार अछामका २८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । जसमा ४ जना महिला र २४ जना पुरुष रहेका छन् । शनिबारसम्म अछाममा मात्रै ६८४ जनामा संक्रमण देखिएको छ । जसमा ५९८ जना निको भएर घर फर्केका छन ।

प्रतिक्रिया