Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १६ चैत २०८०

क्वारेन्टिनमा आत्महत्या गरेका अछामका युवकको कोरोना रिपोर्ट पोजेटिभ

क्वारेन्टिनमा आत्महत्या गरेका अछामका युवकको कोरोना रिपोर्ट पोजेटिभ

क्वारेन्टिनमा आत्महत्या गरेका अछामका युवकको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ। अछामको बन्निगढी गाउँपालिका घर भई बर्दिया ठाकुरबाबा नगरपालिका ४ सैनवार बस्ने रामबहादुर सावदले ठाकुरबाबा नगरपालिकाको क्वारेन्टिनमै आत्महत्या गरेका थिए। 

क्वारेन्टिन पछाडिको रूखमा पासो लगाएर आत्महत्या गरेका उनको स्वाब पिसिआर परीक्षणका लागि पठाइएको थियो। आज सोमबार उनको रिपोर्ट पोजेटिभ आएको ठाकुरबाबाका प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालले जानकारी दिए।

नेपाली सेनाको टोलीले उनको शव व्यवस्थापन गरेको छ।

प्रतिक्रिया