Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १५ चैत २०८०

मोहना–अत्तरिया ६ लेन सडकमा आकासे पुल बन्ने

मोहना–अत्तरिया ६ लेन सडकमा आकासे पुल बन्ने

धनगढी : कैलालीको मोहना–अत्तरिया ६ लेन सडकमा आकासे पुल बन्ने भएको छ । सडकको चापलाई हेरेर आकासे पुल समेत निर्माण हुने भएको हो । मोहना–अत्तरिया सडक आयोजना कार्यालय धनगढीको आग्रहमा सडक विभागले आकासे पुलको प्रक्रिया अगाडी बढाएको बताईएको छ ।

आयोजना प्रमुख होमबहादुर एसीका अनुसार आकासे पुलका लागि यस आर्थिक बर्षमा कार्यक्रम रहेको छ । आकासे पुलका लागि कार्यक्रम रहेको छ । विभागको अनुगमन पछि मात्रै कति र कुन ठाउँमा राख्ने निर्णय हुने उनले बताए । मानिसहरुको बढी भिडभाड र सवारी साधनको चाप हुने क्षेत्रमा पुल बन्न सक्ने अनुमान छ ।

यस्तै मोहना अत्तरिया सडक आयोजनाका अनुसार निर्माणका भौतिक प्रगति ६५ प्रतिशत पुगेको छ । विश्वव्यापी फैलिएको कोरोना भाईरस संक्रमणको महामारीले सिर्जित लकडाउन बावजुद पनि ६५ प्रतिशत कार्य भएको आयोनाको दावी छ ।

२०७४ जेठमा दुई बर्षमा सम्पन्न गर्ने उदेश्यका साथ सुरु भएको आयोजनामा म्याद थप भएर काम भईरहेको छ ।  धनगढी खबर  

प्रतिक्रिया