Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०८ बैशाख २०८१

परीक्षण विना नै घरमा राख्न सुरु गरेपछि स्थानीय त्रसित

परीक्षण विना नै घरमा राख्न सुरु गरेपछि स्थानीय त्रसित

धनगढी । संक्रमितको रिपोर्ट ‘नेगेटिभ’ नआउँदै घरमा पठाउने गरेपछि स्थानीयहरु त्रसित हुन थालेका छन् ।

कैलालीको गौरीगंगा नगरपालिका–५ अण्डैयाका आकास बोगटी भारतबाट आएर महिना दिन क्वारेन्टाईनमा बसे । उनी अण्डैयामा रहेका मोन्याल माध्यामिक विद्यालयमा झण्डै महिना दिन सम्म क्वारेन्टाइनामा बसी पिसिआर परीक्षणपछि मात्र घर फर्किका हुन् । तर, उनी आज भोलि त्रासमा छन् ।

संक्रमण फैलिन नदिनका लागि महिना दिन क्वारेन्टाइनमा बसेका उनी हिजो आज कोरोना पोजेटिभ भएका व्यक्ति नै घरमा आएपछि तनावमा रहेका हुन् । ‘कति दुःख पाएर क्वारेन्टाइनमा विताएर आए ।

हिजो आज सरकार कोरोना संक्रमण भएका व्यक्ति होम क्वोरन्टाइनमा भन्दै घर पठाउने गरेको छ’ उनले भने । ‘यसले गर्दा हामीलाई समस्या हुने गरेको छ । नीति विना नै संक्रमितहरु घर पठाउने गरेपछि कुन दिन संक्रमण फैलिन भय छ ।’

उनको छिमेकी घरमा होम क्वारेन्टाइनमा भन्दै कोरोना संक्रमितहरु घर बसेका छन् । नीति विना नै संक्रमितहरु घर पठाउदा सबैलाई डर हुने गरेको स्थानीयहरुको गुनासो छ ।
‘होम क्वारेन्टाइनमा राख्ने भनेपछि कम्तीमा पनि १४ दिन त घरमा राख्नुपर्ने हो’ अण्डैयाकै मीना साउँदले भनिन् । ‘यहाँ त घरमा एक पटक पनि नबस्ने ।

वाहिर जाने गर्दा अरुलाई संक्रमणको डर छ । स–सना बालबालिकाहरु लाई कोरोनाले समात्ने हो की भन्ने झन बढी डर छ ।’
वडामा एक जना पनि संक्रमण नहुँदा भारतबाट आएकाहरुलाई सिधै क्वारेन्टाइनमा राख्ने तर, आज कोरोना रिपोर्ट ‘पोजेटिभ’ आउँदा पनि वेवास्ता गर्दा सरकारले काम गराईमा पनि संका लागेको स्थानीयको गुनासो छ ।
भारतबाट आएका परीक्षण विना नै घरमा
कोरोना संक्रमण सुरु भएको वेला भारतबाट आएका व्यक्तिहरुलाई अपराधि जस्तै कोचेर स्कूलमा राखेको स्थानीय सरकारले पछिल्लो समयमा वेवास्ता गर्ने गरेको छ । होम क्वारेन्टाइनमा राखेको बताए पनि उनीहरु संयमित भएको देखिएको छैन् ।
‘सुरुमा सरकारले महिना दिन सम्म पनि विद्यालयमा कोचेर स्थानीयहरु राख्यो’ अण्डैयाकै राजेन्द्र विकले भने ।

‘तर, हिजो आज कुनै परीक्षण विना सिधै घरमा पठाउने गरेको छ । यसले गर्दा समुदायमा त्रास फैलिएको छ ।’ उनले वाहिरबाट आएका व्यक्तिहरुलाई होम क्वारेन्टाइनमा राखे पनि कसैको सम्पर्कमा नआउने गरी मापडण्ढ बनाएर राख्नु आवश्यक देखिएको बताए ।

‘होम क्वारेन्टाइन भनिएको छ । सबैको धारा एउटै छन् । हिडडुल गरी नै रहेका छन्’ राजेन्द्रले भने । ‘केको होम क्वारेन्टाइन हुन् ।’
गौरीगंगा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष जगतबहादुर विकले वाहिर रहेका क्वारेन्टाइनमा बस्न नमानेपछि होम क्वारेन्टाइनामा राख्ने गरेको बताए । ‘हामीले सकेसम्म घर भन्दा वाहिर रहेका क्वारेन्टाइनमा बस्न अनुरोध गर्ने गरेका छौँ’ उनले भने । ‘तर, स्थानीयहरुले नमान्दा घरमा सुरक्षित तरिकाले बस्न आग्रह गदैँ पठाउने गरेका छौँ ।’ संघीय सरकारले विद्यालय खाली गर्न भने पनि अन्य स्थानलाई पनि क्वारेन्टाइन बनानएको उनले बताए ।

विभिन्न संघ संस्थाहरुलाई क्वारेन्टाइनमा परिणत गरेको उनको भनाई छ । गौरीगंगा नगरपालिकामा लकडाउनमा साढे ४ हजार बढी भारतबाट आएका हुन् । ती सबैको परीक्षणपछि मात्र घर पढाएको उपमेयर अञ्चल चौधरीले बताइन् । ‘गौरी गंगा नगरपालिकाले भारतबाट आएका र कोरोना संक्रमितका लागि छुटै आईसोलेसन पनि निर्माण गरिएको छ’ उनले भनिन् । ‘तर वस्न कसैले पनि नमान्दा समस्या हुने गरेको छ ।’

एफएमडिसिको क्वारेन्टाइनमा अनुगमन

 

विकास र सामाजिक परिर्वतनका लागि सञ्चार एफएमडिसि कैलालीले गौरीगंगा नगरपालिकाको वडा नम्बर ५ मा रहेका कोरोना संक्रमित क्वारेन्टाइनको अवस्थाका बारेमा अनुगमन गरेको छ ।

स्थानीय तहले क्वारेन्टाइनमा बसेका व्यक्तिहरुलाई घर पठाईसकेको अवस्थाका बारेमा एफएमडिसिले अनुगमन गरेको हो ।

अनुगमनका क्रममा गैसरकार महासंघ सुदूरपश्चिमका अध्यक्ष देवीप्रसाद खनालले स्थानीयहरु त्रसित भएको बताए । ‘स्थानीय सरकार वाहिर बाट आएका व्यक्तिहरुलाई सिधै घरमा र कोरोना संक्रमित व्यक्तिहरुलाई पनि घरमा राख्नेगरेको देखिएको छ’ उनले भने ‘यसले गर्दा समाजमा त्रसित भएका छन ।’
एमएफडिसिका अभियान अधिकारी निराजन परियारले संक्रमितहरुलाई सुरक्षित तवरले राख्नुपर्ने सुझाए । उनले होम क्वारेन्टाइनमा राखे पनि मापडण्ढमा राख्नुपर्ने बताए ।
अनुगमनमा जिल्ला समन्वय समिति कैलाली, विभिन्न संघसंस्थाहरुका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।  दैनिक यात्रा बाट

प्रतिक्रिया