Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०६ बैशाख २०८१

अछाममा ६ स्थानीय तहमा सर्वसम्मत , ४ मा चुनाव हुँदै

अछाममा ६ स्थानीय तहमा सर्वसम्मत , ४ मा चुनाव हुँदै

नेपाली काङ्ग्रेसको नगर तथा गाउँपालिका अधिवेशन अछामका १० वटै पालिकामा सुरु भएको छ । निर्वाचन क्षेत्र नम्बर १ मा मेल्लेखमा गाउँपालिकामा खगेन्द्र साउद चौरपाटी गाउँपालिकामा धर्म साउद ,रामरोशन गाउँपालिकामा मानबहादुर साउद सभापति भएका छ्न ।

बान्नीगढी जयगढ गाउँपालिका र साँफेबगर नगरपालिकामा सर्वसम्मतको चुनाव हुनसक्ने जिल्ला सभापति भरतकुमार स्वारले बताए । स्वारका अनुसार निर्वाचन क्षेत्र नम्बर दुई अन्तरगत ढकारीमा गाउँपालिकामा धनबहादुर बुढा , कमलबजार नगरपालिकाकामा पदम भण्डारी र मंगलसेन नगरपालिकामा झपट रावल सर्वसम्मत सभापति चयन भएका छन् । तुर्माखाँद गाउँपालिका र मा पन्चदेवल विनायक नगरपालिकामा चुनाव हुने स्थिति आएको स्वारले बताए ।

प्रतिक्रिया