Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०८ बैशाख २०८१

गायक रावलको दोस्रो गित "सम्झना आउँछकी" सार्वजनिक - भिडियो सहित

गायक रावलको दोस्रो गित "सम्झना आउँछकी" सार्वजनिक - भिडियो सहित

गायक लोकमान बिरही रावलको दोस्रो देउडा गित " बजारमा सार्वजनिक भएको छ । अछाम जिल्ला बान्नीगढी जयगढ गाउपालिका वडा नम्बर ५ कालिका सुगालि निवासी गायक रावलको दोस्रो कोसेलीको रुपमा माया प्रितिमा आधारित “सम्झना आउँछकी” गित बिशेष फिल्मसको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको हो ।

रावलले शब्द संगीत भर्नु भएको गितमा स्वर स्वयम रावल तथा चर्चित देउडा गायिका शोभा थापाले भर्नु भएको छ । सो गितको निर्देशक भिम बिस्ट अछामी रेखा लयगायक नेत्र परियार, एरेन्ज बिजय थापा, छायांकन पि आर जोशी, तथा अभिनय रमेश रावल, लोकमान बिरही रावल बर्षा भन्डारी र बाल कलाकारको भुमिका मुर्दुल बिस्ट र प्रतीक्षा रावल निर्वाह गरेका छन ।

गत बर्ष दशै तिहारलाई मध्येनजर गर्दै "प्रदेश मेरा भाग” पहिलो प्रस्तुतिमा बजारमा आएको रावलको गित जिकै चर्चामा आएको थियो । युटुबमा सार्वजनिक भएको १ दिनमै थुप्रै दर्शक तथा स्रोता गितलाई मन पराएकाले सबैलाई सल्लाह दिन रावलले आग्रह गर्नु भएको छ ।

गितको भिडियो हेर्न यहाँ क्लिक गर्नुस 

प्रतिक्रिया