Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १३ बैशाख २०८१

नेपाली काँग्रेस अछाम क्षेत्र न २ को क्षेत्रीय सभापति पदका लागि तरुण दल अछामका अध्यक्ष साउँदको उम्मेदवारी घोषणा

नेपाली काँग्रेस अछाम क्षेत्र न २ को क्षेत्रीय सभापति पदका लागि तरुण दल अछामका अध्यक्ष साउँदको  उम्मेदवारी घोषणा

नेपाली काँग्रेस अछाम  क्षेत्र न २ को क्षेत्रीय सभापति पदका लागि युवा नेता  नेपाल तरुण दल अछामका अध्यक्ष प्रकाश बहादुर साउँदले उम्मेदवारी घोषणा गरेका छन् । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत हुने क्षेत्रीय अधिबेशनमा उनले आफ्नो उम्मेदारी घोषणा गरेका हुन् ।

नेपाली कांग्रेस क्षेत्र न २ को पार्टी संगठन बलियो बनाउन र समाज परिवर्तनका लागि नेतृत्व गर्न आफुले क्षेत्रीय सभापति पदमा उमेद्वारी घोषणा गरेको साउँदको भनाई छ ।

नेपाल विद्यार्थी संघ बाट आफ्नो राजनीतिक यात्रा सुरु गरेर पछी नेपाल तरुण दल अछाम जिल्लाको नेतृत्व पनि सफल तरिकाले निर्वाह गरेका साउँदले  पार्टी संगठन बलियो बनाउन र समाजका परिवर्तन गराउन क्रियाशिल रहने भन्दै क्षेत्रीय सभापति पदमा आफुलाई यसपटक अघि सारेका छन् ।

निरन्तर रुपमा जिल्ला देखि केन्द्रसम्ममा कांग्रेसमा क्रियाशील भएर समाजमा काम गर्दै आएका साउँद आफुलाई सबैको सहयोग रहने कुरामा ढुक्क रहेको बताउछन ।

संगठन निर्माण संगै पिछडिएका अनि युवाहरुको माग सम्बोधन गर्ने र सम्पूर्ण युवाहरुलाई  एकजुट भएर क्रियाशिल गराउन आफुले भमिका निर्वाह गर्ने उनको भनाई छ ।

प्रतिक्रिया