Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०८ बैशाख २०८१

देउवा र रामचन्द्र पौडेलबीच जुट्यो बोल्ड सहमती

देउवा र रामचन्द्र पौडेलबीच जुट्यो बोल्ड सहमती

सत्तारुढ दल नेपाली कांग्रेसको विवाद सल्टिएको छ । शीर्ष नेताहरुबीचमा बोल्ड सहमती भएपछि देशभरका नेताकार्यकर्ताहरुमा खुसीयाली छाएको हो । क्रियाशील सदस्यता सूची प्रकाशित हुन बाँकी रहेका १३ जिल्लाको सदस्यता नामावली शनिवार सार्वजनिक गर्ने सहमति जुटेको छ ।

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा भएको शीर्ष नेताबीचको छलफलमा सदस्यता सार्वजनिक गर्ने सहमति जुटेको छ ।

सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा। शशांक कोइरालाले क्रियाशील सदस्यता टुंग्याउन बनेको कार्यदल सदस्यसँग छलफल गरेपछि सहमति जुटेको छ ।

कार्यदल सदस्य कृष्णप्रसाद सिटौला, डा। मीनेन्द्र रिजाल र रमेश लेखकलाई शनिवारसम्म बाँकी जिल्लाको क्रियाशील सदस्यता टुंग्याउन जिम्मेवारी दिइएको छ ।

क्रियाशील सदस्यता टुंगिन बाँकी रहेका जिल्लामा २ नम्बर प्रदेशका ८ जिल्लासहित कैलाली, सुर्खेत, डोल्पा, रसुवा र बाँके रहेका छन् ।

क्रियाशील सदस्यता टुंगिएका ५७ जिल्लामा वडा अधिवेशन भएको छ भने बाँकी जिल्लाको लागि असोज ५ गते वडा अधिवेशन हुने गरी कार्यतालिका तय गरिएको छ ।

प्रतिक्रिया