Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १५ चैत २०८०

गैंडाकोटमा बस र ट्रक ठोक्किदा : ३ जनाको मृत्यु, २७ जना घाइते

गैंडाकोटमा बस र ट्रक ठोक्किदा  : ३ जनाको मृत्यु, २७ जना घाइते

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी पूर्व नवलपुरको गैंडाकोट-१० स्मृतिपुल नजिकै आज बिहान सवारी दुर्घटनामा हुदा ३ जनाको मृत्यु भएको छ।

बिहान करिब ४ बजे काकँडभित्ता देखि महेन्द्रनगरतर्फ जादैँ गरेको सु.प्र.-०२-००१  ख ११२३ नं. को बस र विपरित दिशाबाट आउदैँ गरेको ना ६ ख ७१२६ नं. को ट्रक एकआपसमा ठक्कर खादा २ जना महिला र १ जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका डिएसी दिलिप कुमार गिरीले जानकारी दिए। मृतकहरुको परिचय खुल्न बाँकी रहेको गिरीले बताए।

दुर्घटनामा बस सडकदेखि अं.१० फिट तल खस्दा ट्रक चालक र बस चालक सहित  २७ जना घाइते भएका थिए। उपचारको लागि चितवन पठाइएकोमा तिनको मृत्यु भएको र ३ जनाको अवस्था गम्भीर रहेको डिएसपी गिरीले बताए।

उनका अनुसार घाइतेमध्ये १६ जना मध्यम र ५ जना सामान्य अवस्थामा रहेका छन्। उनिहरुको चितवनको विभिन्न भरतपुरस्थित नयॉ मेडिकल कलेजमा उपचार  उपचार भइरहेको छ।

प्रतिक्रिया