Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ११ बैशाख २०८१

नेविसंघ अछामद्वारा बयालपाटा अस्पतालमा रक्तदान , बिपिको सिद्धान्त भुल्न नहुने सभापति स्वारकोभनाइ

नेविसंघ अछामद्वारा बयालपाटा अस्पतालमा रक्तदान , बिपिको सिद्धान्त भुल्न नहुने सभापति स्वारकोभनाइ

साउन ७ ,अछाम 
 नेपाल बिद्यार्थी संघ अछामले ३८ औँ बिपी जयन्तीमा नेविसंघ अछामद्धारा बयालपाटा अस्पतालमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । जिल्ला कार्य समिति   अछामको पहलमा रक्तदान कार्यक्रम गरिएको नेबि संघका जिल्ला सचिव बमबहादुर स्वारले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालमा १४ पिन्ट रगत जम्मा गरिएको छ  । नेविसंघमा आवद्ध र अन्य गरी १४ जनाले कार्यक्रममा रक्तदान गरेका छन् ।
कार्यक्रममा पार्टी सभापति भरत कुमार स्वार प्रमुख अथिति रहनुभएको थियो । सभापति स्वारले आफ्ना पार्टीका संस्थापक नेता बिपी राष्ट्रवादी, समाजवादी र प्रजातन्त्रवादी रहेकोले उहाँका अहिले पनि उहाँको नीति उत्तिकै सान्दर्भिक  बताउनुभयो । मुलुकको कृषि, उर्जा र पर्यटन क्षेत्रको विकासका पार्टीले महत्वपूर्ण भूमिका खेलेको बताउँदै पूर्व जिविस सभापति स्वारले बिपिको आदर्श र सिद्धान्तलाई नभुल्न कांग्रेस कार्यकर्तालाई आग्रह गर्नुभयो ।
कार्यक्रममा सहभागी नेविसंघ अछामका पूर्व जिल्ला अध्यक्ष एवं महासमिति  सदस्य राजन कुवँरले आफ्नो ज्यान जोखिममा राखेर पनि वीपी मेलमिलापको निति लिएर देशको विकास परिर्वतनका लागि लडेको कुवँरले बताउनुभयो ।
रक्तदान कार्यक्रममा कांग्रेस जिल्ला सचिव भरत कुमाल, सदस्य कालुसिंह कुवँर, क्षेत्र नं१ का क्षेत्रिय सभापति कृष्ण बुढा, क्षेत्र न २ का सभापति लक्ष्मण शाह, नेपाल प्रेस यूनियनका केन्द्रिय सदस्य रामबहादुर कुवँर, नगर सभापति मोहन कुवर, नेविसंघ सिटिईभिटीका उपाध्यक्ष उमेश कुवँर, जिल्ला सदस्य पूर्ण बहादुर विक, भिम कुवँर लगायतको सहभागिता रहेको थियो ।
 

प्रतिक्रिया