Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०६ बैशाख २०८१

३ दिनको अवधिमा अछाममा २ महिलाले बाटोमै शिशुलाई जन्म दिइन्

३ दिनको अवधिमा अछाममा २ महिलाले बाटोमै शिशुलाई जन्म दिइन्

अछाममा ३ दिनको अवधिमा २ जना महिलाले बाटोमै शिशुलाई जन्म दिएकी छन् ।

बिहीबार जिल्लाको ढकारी गाउँपालिका वडा न २ भलाने निवासी पवित्रा देवी बुढाले स्वास्थ्य संस्था लैजाँदा बाटोमै बच्चालाई जन्म दिएकोमा शनिवार जिल्लाको रामारोशन गाउँपालिकाकी एक महिलाले पनि बाटोमै शिशुलाई जन्म दिएकी हुन् ।

जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर ६ भटाकाटिया परिनवकी २५ बर्षीया नन्दा साउँदले बान्नीगढी जयगढ गाउँपालिकाको वडा नम्बर ५ कालिका बाच्कोट नजिकै बाटोमै बच्चालाई जन्म दिएकी हुन् ।

यस अघि स्वास्थ्य जाँचका क्रममा उनको पेटमा बच्चा उल्टो रहेको देखिएपछि उनलाई प्रसूति गराउन बयालपाटा अस्पतालमा आउन भनिएको थियो ।

प्रसूति गराउनका लागी रामारोशन गाउँपालिकाको भटाकाटियाबाट हिडेरै बयालपाटा अस्पतालमा आउने क्रममा शनिवार साँझ करिब ५:३० बजेतिर उनले बाटोमै किशोरीलाई जन्म दिएको हुन् ।

उनीसँगै स्याहार सुसारका लागी आएकी जमुना साउँदले बाटोमै शिशुलाई जन्म दिएको बारे स्थानीयलाई खबर गरेपछि कालिका स्वास्थ्य चौकीका अहेव अविरल साउँद लगायतले उनलाई कालिका स्वास्थ्य चौकी पुर्‍याएका थिए ।

हाल आमा र नवजात शिशुको अवस्था सामान्य रहेको कालिका स्वास्थ्य चौकीमा कार्यरत अनमी लीला साउँदले बताउनु भएको छ ।

वर्षाका कारण जयगढ रामारोशन सडक खण्ड हिलाम्य हुनुका साथै ठाउँ ठाउँमा अवरुद्ध हुँदा स्थानीयले सास्ती भोग्दै आएका छन् ।

प्रतिक्रिया