Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १५ चैत २०८०

काँग्रेस अछाम क्षेत्र नम्बर १ प्रदेश सभा (क) को सभापतिमा युवा नेता गोकुल भाटको उम्मेदवारी घोषणा

काँग्रेस अछाम क्षेत्र नम्बर १ प्रदेश सभा (क) को सभापतिमा युवा नेता गोकुल भाटको  उम्मेदवारी घोषणा

नेपाली काँग्रेस अछामको क्षेत्र नम्बर १ प्रदेश सभा क को सभापति पदका लागि युवा नेता गोकुल भाटले उम्मेदवारी घोषणा गरेका छन् । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत हुने प्रदेश सभा अधिबेशनमा उनले आफ्नो उम्मेदारी घोषणा गरेका हुन्।

नेपाली कांग्रेस क्षेत्र न १ को पार्टी संगठन बलियो बनाउन र समाज परिवर्तनका लागि नेतृत्व गर्न आफुले प्रदेश सभा सभापति पदमा उमेद्वारी घोषणा गरेको बताए ।

नेपाली कांग्रेस साँफेबगर नगर कार्य समिति सभापति रहेका नेता भाटले आफुले आफ्नो कार्यकाल सफलतापुर्वक सम्प्पन गरेकाले स्वभाबिक रुपमा अब एक कदम माथि उक्लेर प्रदेश सभा क को सभापति पदमा उम्मेदवारी दिने बताए ।

पार्टी संगठन बलियो बनाउन र समाजका परिवर्तन गराउन क्रियाशिल रहने भन्दै उनले सभापति पदमा आफुलाई यसपटक अघि सारेका छन् ।

संगठन निर्माण संगै सबैलाई  एकजुट भएर क्रियाशिल गराउन आफुले भमिका निर्वाह गर्ने उनको भनाई छ ।

प्रतिक्रिया