Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०७ बैशाख २०८१

काँग्रेस अछाम क्षेत्र नम्बर १ प्रदेश सभा (क) को उपसभापतिमा युवा नेता बिमल कुवँरको उम्मेदवारी घोषणा

काँग्रेस अछाम क्षेत्र नम्बर १ प्रदेश सभा (क) को उपसभापतिमा युवा नेता बिमल कुवँरको उम्मेदवारी घोषणा

नेपाली काँग्रेस अछाम क्षेत्र नम्बर १ प्रदेश सभा क को उपसभापति पदका लागि युवा नेता बिमल कुवँरले उम्मेदवारी घोषणा गरेका छन् । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत हुने प्रदेश सभा अधिबेशनमा उनले आफ्नो उम्मेदारी घोषणा गरेका हुन्।

नेपाली कांग्रेस क्षेत्र न १ को पार्टी संगठन बलियो बनाउन र समाज परिवर्तनका लागि नेतृत्व गर्न आफुले प्रदेश सभा सभापति पदमा उमेद्वारी घोषणा गरेको कुवँरले बताए ।

जनज्योति बहुमुखी क्याम्पस महेन्द्रनगर का पुर्व ईकाई उपसभापति रहेका नेता कुवँरले पार्टी संगठन बलियो बनाउन र समाजका परिवर्तन गराउन क्रियाशिल रहने भन्दै उपसभापति पदमा आफुलाई यसपटक अघि सारेका छन् । निरन्तर रुपमा जिल्लामा ने बि संघमा क्रियाशील भएर समाजमा काम गर्दै आएका कुवँर आफुलाई सबैको सहयोग रहने कुरामा ढुक्क रहेको बताउछन ।

संगठन निर्माण संगै पिछडिएका अनि युवाहरुको माग सम्बोधन गर्ने र सम्पूर्ण युवाहरुलाई  एकजुट भएर क्रियाशिल गराउन आफुले भमिका निर्वाह गर्ने उनको भनाई छ ।

प्रतिक्रिया