Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०८ बैशाख २०८१

साँफेबगर नगरपालिका को नगर सभापतिमा युवा नेता भिम कुँवर को उम्मेद्वारी

साँफेबगर नगरपालिका को नगर सभापतिमा युवा नेता भिम कुँवर को उम्मेद्वारी

नेपाली कांग्रेसको महाधिबेन नजिकिदैँ जाँदा चुवानी सरगर्मी बढीरहेको छ । जिल्ला तहमा हुने बिभिन्न अधिबेशनका तयारी भईरहेका छन् । वडा अधिबेशन सकिएका छन् भने अब सबैको ध्यान नगर, प्रदेश सभा, क्षेत्र र जिल्ला तर्फ केन्द्रित भएको छ ।

नेपाली काङ्ग्रेसको १४ औ महाधिबेशन अन्तर्गत अहिले बिभिन्न क्षेत्रमा नेताहरुले आफ्नो उम्मेद्धवारी घोषणा गरिरहेका छन् । अछाम निर्वाचन क्षेत्र नं. १ को साँफेबगर नगरपालिमा नगर सभापतिका लागि  लागि युवा नेता भिम बहादुर कुँवरले  उम्मेदवारी घोषणा गरेका छ्न ।

त्रिपुरा सुन्दरी क्याम्पसका स्ववियु सभापति समेत  रहेका कुँवरले नगर अधिबेशनमा सभापति पदमा उम्मेद्धवारी रहने घोषणा गरेका हुन्  । नेपाल विद्यार्थी संघबाट आफ्नो राजनीति सुरुवात गरेका कुँवर अछाम क्षेत्र न १ का प्रभावशाली युवा मा पर्छन । 

विभिन्न सामाजिक क्षेत्रमा समेत संलग्न रहेका युवा नेता  कुँवरले नेपाली काङ्ग्रेसमा युवाको आवश्यकता र पार्टीमा युवा नेतृत्व को खाचो रहेको भन्दै आफू साफेबगर नगरपालिकाको नगर सभापति पदमा उम्मेद्वारी दिएको बताए । निर्वाचन क्षेत्रका अग्रज नेता युवा साथिहरुको आफू प्रती ठूलो सद्भाव रहेको भन्दै कुँवरले यसपटक सबैले साथ दिने अपेक्षा गरेका छन् ।

प्रतिक्रिया