Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०८ बैशाख २०८१

विपि कोइरालाको ३८ औं स्मृति दिवसमा अछाममा वृक्षारोपण

विपि कोइरालाको ३८ औं स्मृति दिवसमा अछाममा वृक्षारोपण

साउन ६ , अछाम
नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३८ औं स्मृति दिवस अछाममा पनि मनाइएको छ ।  नेपाली कांग्रेस जिल्ला कार्यसमिति अछामले मंगलसेनस्थित  विपी स्मृत भवनको वरिपरी वृक्षारोपण गरि स्मृती दिवस मनाएको हो ।
कार्यक्रममा विपि कोईरालाको योगदानको बारेमा चर्चा गर्दै नेपाली कांग्रेस अछामका सभापति भरतकुमार स्वारले प्रर्वद्धन गरेको प्रजातान्त्रिक समाजवाद र मेलमिलापको नीति अहिले पनि सान्दर्भिक रहेको बताउनुभयो । २०१५ सालको आमनिर्वाचनमा काँग्रेसले दुई तिहाइ बहुमत प्राप्त गरेपछि प्रधानमन्त्री बनेका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गर्नुभएको बताउनुभयो ।
गाउँको विकास, भूमिसुधार र सामन्तवाद अन्त्य गर्न विभिन्न नीतिगत योजना निर्माण र कार्यान्वयन गर्न महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो ।
विपी कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो । उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्याएका थिए । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्द्धक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् । नेपाली कांग्रेसका संस्थापक कोइराला २०१५ सालको आमचुनावमा कांग्रेसले दुई तिहाइ बहुमत ल्याएपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका थिए ।
तर, जननिर्वाचित सरकारलार्ई तत्कालिन राजा महेन्द्रले २०१७ साल पुस १ गते अपदस्त गरि निरंकुश शासन शुरु गरेपछि कोइराला सहित नेतालाई सिंहदरबारमै बन्दी बनाइएको थियो । कार्यक्रममा नेपाली कांग्रेसमा आवद्ध नेता ,कार्यकर्ता तथा भातृ संघसंगठनको सहभागिता रहेको थियो ।

प्रतिक्रिया