Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १६ चैत २०८०

भारतसँगको पहिलो मैत्रीपूर्ण  खेलमा नेपाल १-१ को बराबरीमा

भारतसँगको पहिलो मैत्रीपूर्ण  खेलमा नेपाल १-१ को बराबरीमा

काठमाडौं । घरेलु टिम नेपाल पहिलो मैत्रीपूर्ण खेलमा भारतसँग बराबरीमा रोकिएको छ । बिहीबार भएको खेलमा नेपालले भारतसँग १-१ गोलको बराबरी खेलेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरुवाती अग्रता जोगाउन नसक्दा नेपाल बराबरीमा रोकिएको हो । घरेलु दर्शकसामु खेलको ३६ औं मिनेटमा अन्जन विष्टले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए ।

भारतका चिन्गेलसना सिंह कोनसामको ब्याक पासमा अन्जनले गोल गरेका थिए । तर, खेलको ६० औं मिनेटमा अनिरुद्ध थापाले गोल गर्दै भारतलाई १-१ गोलको बराबरीमा ल्याएका थिए।

भारतका कप्तान सुनिल क्षेत्रीको प्रहार नेपालका गोलकिपर किरण चेम्जोङ बचाएका थिए। त्यहि रिबाउन्ड बलमा थापाले गोललाइनबाट पोस्टको जाली चुमाएका थिए ।

अब नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल आइतबार हुनेछ। माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो।साफ च्याम्पियनसिप आगामी अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुने तालिका रहेको छ। 

प्रतिक्रिया