Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १३ बैशाख २०८१

मीन विश्वकर्माद्वारा दलित संघको अध्यक्ष र कांग्रेस केन्द्रीय सदस्यबाट राजीनामा

मीन विश्वकर्माद्वारा दलित संघको अध्यक्ष र कांग्रेस केन्द्रीय सदस्यबाट राजीनामा

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले पदबाट राजीनामा दिनुभएको छ ।

उहाँले कांग्रेस केन्द्रीय सदस्यसहित आफूले सम्हाल्दै आएको नेपाल दलित संघको अध्यक्षबाट समेत राजीनामा घोषणा गर्नुभएको हो ।

विश्वकर्माले बुधबार विज्ञप्ति जारी गर्दै आसन्न महाधिवेशनमा हुने प्रतिनिधि छनौटदेखि नै दलितको प्रतिनिधित्व नहुनेगरी निर्वाचन निर्देशिका बनाइएको भन्दै राजीनामा दिएको उल्लेख गर्नुभएको छ ।

षडयन्त्रमूलक ढंगबाट दलित समुदायलाई अपमान र अन्याय हुने गरी लागू गरिने निर्वाचन निर्देशिका दलित संघका लागि मान्य नहुने विश्वकर्माले बताउनुभएको छ ।

आफू एक जिम्मेवार सदस्यको हिसाबले यस्ता असमावेशी र शेरबहादुर देउवाको नेतृत्वमा अघि सारिएको समावेशी सिद्धान्त कदमको समेत खिल्ली उडाउने यस्तो नीति लागू हुँदा टुलुटुलु हेरेर बस्न नैतिकरूपमा नमिल्ने भएकाले दुवै पदबाट राजीनामा दिएको उहाँले बताउनुभएको छ ।

कांग्रेसभित्र विश्वकर्मा सभापति देउवा निकट मानिनुहुन्छ ।

प्रतिक्रिया