Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १३ बैशाख २०८१

कोरोनाका दुई हजार संक्रमित थपिँदा तीन हजार संक्रमणमुक्त

कोरोनाका दुई हजार संक्रमित थपिँदा तीन हजार संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ६१२ पीसीआर परीक्षणमा १ हजार ६४८ र ४ हजार ३२३ एन्टिजेन परीक्षणमा ४०४ जना गरी २ हजार ५२ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ७१९ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौँमा ४७१, भक्तपुरमा १४६ र ललितपुरमा १०२ जना संक्रमित भेटिएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३ हजार ३० रहेको छ भने २० जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया