छानविन समितिले बुझायो प्रतिवेदन: तुइन घटना भारतीय सुरक्षाकर्मीको संलग्नता
तुइन तर्ने क्रममा दार्चुलाको व्यास गाउँपालिका- २ का जयसिंह धामी बेपत्ता भएको घटनाको सम्बन्धमा छानविन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ ।
गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजत्वमा गठित छानविन समितिले मंगलबार गृहमन्त्री बालकृष्ण खाणलाई प्रतिवेदन बुझाएको मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिए ।
प्रतिवेदनमा भारतीय एसएसबीका सुरक्षाकर्मीको संलग्नतामा तुइन काटिएको उल्लेख गरिएको छ । प्रतिवेदनमा भारतीय एसएसबीका सुरक्षाकर्मीको उपस्थितिमा घटेको देखिएकाले निजहरूको संलग्नता सम्बन्धमा अनुसन्धान गरी दोषी उपर कानुनी कारवाही गर्न तथा धामीका परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन भारतीय पक्षसँग कूटनीतिक माध्यमबाट पहल गर्ने उल्लेख छ ।
साथै धामीका परिवारलाई सरकारका तर्फबाट पालनपोषण र शिक्षादीक्षाको व्यवस्थापन गर्न समितिले सरकारलाई सिफारिस पनि गरेको छ । धामी गत १५ साउनम भारत जाने क्रममा व्यास- २ मा अवस्थित मालघाटबाट तुइनको प्रयोग गर्दा भारतीय एसएसबीका सुरक्षाकर्मीले तुइन काट्दा धामी नदीमा खसेर बेपत्ता भएका थिए ।
घटनापछि सरकारले १७ साउनमा सहसचिव गौतमको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश सरकार गठनको समयसीमा आज सकिँदै, नयाँ सरकार गठनको अन्योल कायमै
-
जिल्ला स्तरिय महिला मानव अधिकार संरक्षकहरुको लागि दुई दिने सुरक्षा र हेरचाह सत्र कार्यक्रम साँफेबगरमा सम्पन्न
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले दिए राजीनामा
-
रञ्जिता द्वारा रेशमले डाकेको पार्टी बैठक खारेज
-
पशुपति आर्यघाटमा बाबुको दाहसंस्कार गरी घर फर्किएका छोरा त्रिशुलीमा हराए
प्रतिक्रिया