कोभिड खोप प्रमाणीकरण गर्नेको संख्या ६७ हजार पुग्यो
काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप लगाएकामध्ये हालसम्म ६७ हजार व्यक्तिले खोप प्रमाणीकरण गराएका छन्।
विदेश जाने प्रयोजनका लागि कोभिड खोप कार्ड प्रमाणीकरण आवश्यक भएकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन २१ गतेदेखि खोप कार्ड प्रमाणीकरण गर्न सुरु गरेको थियो।
मंगलबारसम्म ७४ हजार व्यक्तिले कार्ड प्रमाणीकरणको लागि अनलाइन फारम भरेको परिवार कल्याण महाशाखाका प्रमुख तारानाथ पोखेरले जनाकारी दिए। उनले बाँकी ७ हजारको आजसम्म प्रमाणीकरण भइसक्ने बताए।
अनलाइन फारम भरेपछि फारम भेरीफाइ गरेपछि अनलाइनबाटै प्रमाणपत्र उपलब्ध गराइने व्यवस्था गरिएको छ। जसको अनलाइन फारम भर्दा कुनै प्रमाण नपुगेको वा अन्य ऋटी भएमा परिवार कल्याण महाखाशामा आइ समाधान गर्नुपर्ने हुन्छ।
महाशाखाले अनलाइन फारमको भेरीफाइ गर्न २२ जना कर्मचारी खटाएको छ। ‘यो काम अब निरन्तर हुने भएकाले हामीले कर्मचारी व्यवस्थापनका लागि आवश्यक बजेट समेत माग गरेका छौं,’ डा. पोखरेलले भने।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
इम्प्याक्ट नेपालद्वारा राम बहादुर बोगटी सम्मानित
-
सुदूरपश्चिम प्रदेश सरकार गठनको समयसीमा आज सकिँदै, नयाँ सरकार गठनको अन्योल कायमै
-
जिल्ला स्तरिय महिला मानव अधिकार संरक्षकहरुको लागि दुई दिने सुरक्षा र हेरचाह सत्र कार्यक्रम साँफेबगरमा सम्पन्न
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले दिए राजीनामा
-
रञ्जिता द्वारा रेशमले डाकेको पार्टी बैठक खारेज
प्रतिक्रिया