Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १३ बैशाख २०८१

दार्चुला घटनामा भारतीय एसएसबीको संलग्नता रहेको छानबिन समितिको निष्कर्ष

दार्चुला घटनामा भारतीय एसएसबीको संलग्नता रहेको छानबिन समितिको निष्कर्ष

काठमाडौँ । दार्चुला घटनामा भारतीय सुरक्षा बल (एसएसबी) को संलग्नता रहेको ठहर भएको छ । गृह मन्त्रालयले जयसिंह धामी महाकालीको तुइनबाट खसेर भएको घटनाबारे छानबिन गर्न बनाएको समितिले भारतीय एसएसबीको घटनामा संलग्नता रहेको ठहर गरेको हो । समितिले आजै गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको थियो । 

छानबिन समितिले प्रतिवेदन बुझाएपछि गृहमन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘समितिले उक्त घटना भारतीय एसएबीका सुरक्षाकर्मीको उपस्थितिमा घटेको देखिएकाले निजहरुको संलग्नता सम्बन्धमा अनुसन्धान गरी दोषीउपर कानुनी कारबाही गर्न र जयसिंह धामीका परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन भारतीय पक्षसँग कूटनीतिक माध्यमबाट पहल गर्न साथै आश्रित परिवारलाई नेपाल सरकारका तर्फबाट पालनपोषण र शिक्षादीक्षाको व्यवस्थापन गर्न सिफारिस गरेको छ ।’
गत साउन १५ गते महाकाली नदी तर्ने क्रममा दार्चुलाको ब्याँस गाउँपालिका– २ का जयसिंह धामी नदीमा खसेर बेपत्ता भएका थिए । प्रत्यक्षदर्शीले भारतीय सुरक्षा बल एसएसबीले तुइनको डोरी काटिदिएका कारण उनी नदीमा खसेको बताएका छन् ।

सरकारले यस विषयमा छानबिन गर्न साउन १७ गते सहसचिव गौतमको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो ।

हेर्नुहोस् विज्ञप्ति

 

प्रतिक्रिया