Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ११ बैशाख २०८१

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्य अल्पमतमा, एमालेका १२ सांसद समाजवादी खुले

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्य अल्पमतमा, एमालेका १२ सांसद समाजवादी खुले

काठमाडौँ । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा पर्नु भएको छ ।

नेकपा एमालेका १२ जना प्रदेश सभा सदस्य (सांसद)हरुले एमाले छाडेर नेकपा एकीकृत समाजवादी रोजेपछि शाक्य अल्मतमा पर्नुभएको हो ।

१०९ सदस्यीय बागमती प्रदेश सभामा एमालेका सभामुखसहित ५६ सांसद थिए । त्यसैले भदौ २ गते तत्कालिन प्रदेश प्रमुख विष्णु प्रसाईंले शाक्यलाई एकल बहुमतको मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो ।

तर दल विभाजन भएपछि नेकपा एमालेका १२ सांसदले नेकपा एकीकृत समाजवादी रोजेपछि प्रदेशसभामा एमाले सांसदलको संख्या ४४ मा झरेको छ । प्रदेशमा सरकार गठनका लागि ५५ सांसदको समर्थन आवश्यक पर्छ ।

निर्वाचन आयोगले दल दर्ताको आधिकारिकता दिएपछि आजदेखि प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्न दिएको थियो । आज एमालेका १२ सांसदले हेटौंडास्थित निर्वाचन आयोगको कार्यलयमा पुगेर नेकपा एकीकृत समाजवादी रोज्ने बताएका हुन् ।

एमाले सांसदहरु राजेन्द्र पाण्डे, मुनु सिग्देल, बसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, राजेन्द्रमान श्रेष्ठ, पार्वती सिलवाल, इन्द्रमाया गुरुङ, माधव पौडेल, बसन्त मानन्धर, रमा आले मगर, कुसुमकुमार कार्की र कृष्णप्रसाद शर्माले एकीकृत समाजवादी रोजेका हुन् ।

नेकपा एकीकृत समाजवादीका नेताहरुले एमाले छाडेर आफूहरुको दल रोज्ने प्रदेश सभाका सदस्यहरुको पद अझै बढ्ने दाबी गरेका छन् ।

प्रतिक्रिया