Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १५ चैत २०८०

एमालेमा तरंग : सुदूरपश्चिम प्रदेशका १३ सांसदले छाड्दै

एमालेमा तरंग :  सुदूरपश्चिम प्रदेशका १३ सांसदले छाड्दै

बागमती प्रदेशपछि सुदूपश्चिम प्रदेशका १३ सांसदले नेकपा एमाले छाडेर नेकपा (एकीकृत समाजवादी) मा जाने भएका छन् । माधवकुमार नेपालको नेतृत्मा गठित नेकपा (एस) मा जान उनीहरुले आज (मंगलबार) प्रदेश निर्वाचन कार्यालयमा सनाखतका लागि जान लागेको बताइएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारकी आन्तरिक मामिला तथा कानुनमन्त्री रहेकी पूर्णा जोशीसहित १३ सांसदहरु एमाले छाडेर नेकपा (एस) मा जाने भएको बताइएको छ ।

५२ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा हाल सभामुखसहित २५ सांसद एमालेका रहेका छन् भने १८ जना नेपाल पक्षमा छन् । अहिले आयोगमा जानका लागि सांसदहरुको नामावली तयार भइरहेको बताइएको छ ।

एमाले त्यागेर नेकपा (एस) मा भौतिक पूर्वाधार मन्त्री दीर्घ सोडारी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, भौतिक पूर्वाधार राज्यमन्त्री चुनकुमारी चौधरी, आर्थिक मामिला राज्यमन्त्री अर्चना गहतराज, सामाजिक विकास राज्यमन्त्री मना साउँद, पूर्व उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्ट, सांसदहरू बलबहादुर सोडारी, अम्मर साउँद, पूर्व एमाले प्रमुख सचेतक तारालामा तामाङ, कुलबिर चौधरी, सुशिला बूढाथोकी र एमाले प्रमुख सचेतक दुर्गा कामी जान लागेका छन् ।

प्रतिक्रिया