Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०७ बैशाख २०८१

असायलाई सहयोग गर्दै धनगढीका युवा व्यवसायी मिलन कुंवरले मनाए जन्मदिन

असायलाई सहयोग गर्दै धनगढीका युवा व्यवसायी मिलन कुंवरले  मनाए जन्मदिन

धनगढीका युवा व्यवसायी मिलन कुंवरले असायलाई सहयोग गर्दै आफ्नो जन्मदिन मनाएका छन् । बाहिर अनावश्यक फर्जुल खर्च गर्नुभन्दा पनि असाय गरिब दुखीलाई सानो भएपनि सहयोग गर्नुपर्छ भन्ने सोचले उनले कैलालीको बौनियामा रहेको  साहारा घरका असायलाई खाद्यन्न वितरण गर्दै जन्मदिन मनाएको बताए ।

उनले ८ कट्टा चामल,दाल २० किलो,१० पोका नुन,४० किलो आलु, १ पेटि तेल सहयोग गरेका हुन् । यस्तै उनले आजनै कैलालीको गौरीगंगा नगरपालिका ४ राजिपुरमा रहेको कालिका माध्यमिक विद्यालयमा अध्ययन गर्ने गरिब असाहय विद्यार्थीहरुको लागि स्वयम कुंवरले बनाएको अक्षय कोषमा ५१ हजार जम्मा गरेका छन् ।

यस्तै उनले  सो विद्यालयमा अध्यनरत गरिब,जेहेन्दार,असाहय २५ जना विद्यार्थीहरुको विद्यालय पोसाक,शैक्षिक सामाग्री लगायतको कार्यको लागि एक लाख रुपैया समेत सहयोग गरेका हुन् ।  

प्रतिक्रिया