Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १६ चैत २०८०

मञ्जुश्री फाइनान्सको ९ हजार बढि कित्ता सेयर बिक्रीमा आउदै, न्यूनतम मूल्य कति ?

मञ्जुश्री फाइनान्सको ९ हजार बढि कित्ता सेयर बिक्रीमा आउदै, न्यूनतम मूल्य कति ?

मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेडले भोलिदेखि संस्थापक समूहको सेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक समूहको ९ हजार एक सय ८७ कित्ता सेयर लिलाम बढाबढ गरी बिक्री गर्न लागेको हो । 

लगानीकर्ताले भोलीबाट भदौ २० गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । उक्त सेयरको न्यूनतम मूल्य प्रतिसेयर ३ सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । 

लगानीकर्ताले न्युनतम एक सय कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 

लगानीकर्ताहरुले एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौँमा आईपुग्ने गरी आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया