Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ०६ चैत २०८०

शुवेक्षा अटोमोटिभ्समा साँफेबगरमा बजाज एक्सेन्ज मेला, ५ दिन सम्म अफरै अफर

शुवेक्षा अटोमोटिभ्समा साँफेबगरमा बजाज एक्सेन्ज मेला, ५ दिन सम्म अफरै अफर

यही श्रावण १८ गते बाट साँफेबगर मा रहेको शुवेक्षा अटोमोटिभ्समा बजाज एक्सचेन्ज मेला लाग्ने भएको छ । ग्राहक हरुको रोजाई र सहजताका लागी बजाज ले पटक पटक यस्ता अफरहरु सहित यस्ता किसिमका मेलाको आयोजना गर्ने गरेको शुवेक्षा अटोमोटिभ्सका संचालक भरत खड्काले बताउनु  भयो ।

साँफेबगर नगरपालिका ३ हाटबजार र साँफेबगर नगरपालिका ४ एयारपोर्ट बजारमा रहेका आफ्ना दुबै शोरुमबाट यो अफर को ग्राहक ले प्रत्यक्ष लाभ लिन सक्ने कुरा पनि उहाँले हाम्रो बुलेटिन लाई  बताउनु भयो  । उहाँका अनुसार  कुनै पनि ग्राहकको पुरानो जुनसुखै मोटरसाईकलको बजार मुल्य भन्दा १५ हजार बढी मुल्याङ्कन गरी उत्त मोटरसाईकल को मुल्य निर्धारण गरिने छ । त्यो संगै प्रत्यक नयाँ बजाज मोटरसाईकल को खरिदमा १० हजार नगद छुट रहेको छ भने, किस्तामा मोटरसाईकल खरिद गर्दा २० प्रतिशत अग्रीम भुक्तानी बाफत मात्रै पनि सस्तो ब्याजदर मा मोटरसाईकल किन्न सकिने छ । 

यो एक्सेन्ज मेला बाट अछाम बाजुरा डोटी का ग्राहक हरुले बढी लाभ लिने कुरा शुवेक्षा अटोमोटिभ्सका म्यानेजर सुरज चौधरी ले बताउनु भयो । यो अफर यही श्रावण १८ गते बाट श्रावण २२ गते सम्म का लागी रहने छ ।

प्रतिक्रिया