Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ११ बैशाख २०८१

पहिरोले थुनियो बूढीगङ्गा नदी, सतर्कता अपनाउन जिल्ला प्रशासन अछामको आग्रह

पहिरोले थुनियो बूढीगङ्गा नदी, सतर्कता अपनाउन जिल्ला प्रशासन अछामको आग्रह

बाजुरामा पहिरो जाँदा बूढीगङ्गा नदी थुनिएको छ । जिल्लाको गौमुल गाउँपालिकामा पहिरो जाँदा नदी थुनिएको हो । नदी थुनिएकाले अछामको तटीय क्षेत्रमा सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय अछामले अनुरोध गरेको छ । 

पहिरोले थुनिएको नदी फुटेर बग्नासाथ तल्लो तटीय क्षेत्रमा पानीको बहाव बढ्न गई जोखिम हुन सक्ने भन्दै बूढीगङ्गा नदी छेउ छाउका बस्तीहरूमा सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको हो ।

प्रशासनले उक्त विषयमा विभिन्न निकायहरू सँग नियमित समन्वय तथा प्रत्यक्ष सम्पर्क भइरहेको जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी रञ्जन प्रसाद तिमिल्सैनाले कुनै पनि स्थानमा कुनै समस्या देखिएमा तत्काल प्रशासन कार्यालय र प्रहरीमा खबर गर्न आग्रह गर्नुभएको छ ।

आज बिहान बूढीगङ्गा नदीमा पानीको बहाव ३.१० गेज रहेको र अघि दिउँसो सम्म पानीको बहाव २.५८ गेज मापन भई पानीको बहाव घट्ने देखिएको छ ।

प्रतिक्रिया