Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०७ बैशाख २०८१

‘गद्दार’लाई आदर, परिचालित बाँदर !

‘गद्दार’लाई आदर, परिचालित बाँदर !

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको स्मृति दिवसका अवसरमा कन्टिर–बाबू पुष्पलालप्रति सादर नमन गर्छन् । देश र श्रमजीवी जनताको मुक्तिका खातिर राजनीतिका माध्यमबाट उनले पु¥याएको विशिष्ट योगदानको ससम्मान सम्झना गर्छन् ।

कन्टिर–बाबू आफू जुनसुकै सिद्धान्त र विचारबाट प्रेरित वा प्रभावित रहे पनि उनी यसै आधारमा कसैप्रति भेदभाव गर्ने पक्षमा छैनन् । विगतमा गरेनन् र भविष्यमा पनि गर्नेवाला छैनन् । कुनै पनि व्यक्तिको मूल्याङ्कन उसको व्यवहार, विचार र योगदानका आधारमा गरिनुपर्छ भन्ने कन्टिर–बाबूको स्पष्ट मत छ ।

कन्टिर–बाबूको निष्कर्ष छ, यस आधारमा पुष्पलाल उत्कृष्ट कोटीका व्यक्ति थिए, छन् र रहनेछन् । नेपाली कम्युनिस्ट आन्दोलन, नेपाली समाजको रूपान्तरण र राष्ट्र निर्माणका सन्दर्भमा उनको योगदान अतुलनीय छ । 

तर कन्टिर–बाबूलाई दुःख त त्यसबेला लाग्छ जब नेपाली कम्युनिस्ट आन्दोलनका नाममा राजनीति गर्ने केही चाटुकारले पुष्पलालजस्ता निष्ठावान् व्यक्तिलाई ‘गद्दार’ पगरी भिराए । तर के कसैले यस्तो पगरी भिराउँदैमा उनी त्यस्तै कहलिन्छन् त ? पक्कै पनि होइन । आफू जथाभावी गर्ने अनि आफ्नो कमजोरी ढाकछोप गर्न अरूलाई जेपिटी भन्ने ? 

अहिले माधव नेपाल पनि पुष्पलालकै नियति बेहोर्न बाध्य भएको देखिँदै छन् । माधव नेपाललाई ‘गद्दार’ घोषित गर्न अहिले नेकपा एमालेकै एक पङ्क्ति बडो उग्ररूपले लागेको छ । तर कन्टिर–बाबूलाई थाहा छ– आज जो–जो माधव नेपाललाई गद्दार भन्दै छन्, भोलि यिनैले आज पुष्पलालको फोटो पूजा गरे जस्तो नेपालको पूजा गर्ने हुन् ।

यसै क्रममा काठमाडौँमा केही दिनअघि नेपालविरुद्ध हनुमान (बाँदर)हरू परिचालित गरेको र जुलुस निकालेको कुरा अहिले बडो चर्चामा छ । नक्कली हनुमानको जुलुसले सामाजिक सन्जाल तताएको छ । 

यदि यो बेलामा पुष्पलाल जीवित हुन्थे भने उनले पनि अहिले भइरहेको गद्दार घोषणा र बाँदर नाच प्रदर्शनलाई अनौठो मान्ने थिएनन् । 

कन्टिर–बाबूलाई यसपालिको गाईजात्रा छिटै सुरु भएजस्तो लागेको छ । गाउँतिर यस्ता जुलुस भए मकै खाने बॉदर धपाउन सजिलो हुन्थो होला तर सहर–बजारमा यसको खासै काम भएजस्तो लागेन ।

कन्टिर–बाबू भन्छन्– एउटा कुरा निश्चित हो । व्यक्तिले आफूसँग जे छ त्यही देखाउने हो । यस अर्थमा हनुमान हुनेहरूप्रति कन्टिर–बाबूको कुनै गुनासो छैन । उनीहरू जे हुन्, त्यही देखिएका हुन् ।

बाँदरसँग मानिसको स्वभाव मिल्दोजुल्दो भएकाले त्यो बाँदरे व्यवहार प्रदर्शनलाई खासै अस्वाभाविक मानेका छैनन् कन्टिर–बाबूले । 

रह्यो गद्दार भन्ने कुरा । त्यो त समयले प्रमाणित गर्ने कुरामा कन्टिर–बाबू ढुक्कमात्र होइन, दुई सय प्रतिशत विश्वस्त पनि छन् । यदि यो बेलामा पुष्पलाल जीवित हुन्थे भने उनले पनि अहिले भइरहेको गद्दार घोषणा र बाँदर नाच प्रदर्शनलाई अनौठो मान्ने थिएनन् । 

प्रतिक्रिया