Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १६ चैत २०८०

एनआरएनएको युरोप संयोजकमा शुक्रराज न्यौपानेको उम्मेदवारी

एनआरएनएको युरोप संयोजकमा शुक्रराज न्यौपानेको उम्मेदवारी

लण्डन – गैर–आवासीय नेपाली संघ (एनआरएनए) को आइसीसी तर्फ युरोप संयोजकमा वर्तमान उपसंयोजक शुक्रराज न्यौपानेले उम्मेदवारी दिने भएका छन् । गणतन्त्र आयरल्याण्डको डब्लिनमा बसोवास गर्दै आएका न्यौपाने हाल युरोपको उपसंयोजक (डीआरसी) हुन् ।

सन् २००९ देखि २०११ कार्यकालका एनआरएनए आयरल्याण्डका अध्यक्ष शुक्रराज न्यौपाने एक सफल युवा व्यवसायीको रुपमा चिनिन्छन् । उनी नेपाल छँदादेखि नै पर्यटन व्यवसायमा संलग्न थिए ।

कमाएर वा प्रसस्त भएर भन्दा पनि आफूसित जे जति छ त्यसको उचित व्यवस्थापन गर्दै समाजसेवामा आफू लागिपरेको न्यौपाने बताउँछन् ।

गैर–आवासीय नेपाली संघ आयरल्याण्ड, संघका पूर्व अध्यक्षहरु, आयरल्याण्डका सबै संघसंस्था र तिनका प्रतिनिधिहरुको बैठक बसी आफूलाई एनआरएनएको युरोप क्षेत्रको नेतृत्व गर्न भनेको आधारमा आफूले उम्मेदवारी दिने तयारी गरेको उनले बताए । उनले भने, “गएको निर्वाचनमा एनआरएन युरोपका सदस्यहरुले मलाई दिएको अपार सहयोग र समर्थन आगामी चुनावमा पनि निरन्तर रहने मेरो विस्वास छ ।”

नेपालीका लागि नेपाली भन्ने एनआरएनएको मूल मन्त्र वर्तमान नेतृत्वपंक्तिको कमजोरीका कारण सेलाउँदै गएको अवस्थामा युरोप क्षेत्रमा यस नारालाई पुनर्ताजगी गराउने र यसलाई नेपालसम्म पुर्याएर परिणाममुलक बनाउने  योजना रहेको शुक्रराज न्यौपानेले बताए ।

प्रतिक्रिया