Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०६ बैशाख २०८१

ईन्टरनेटको पहुँचमै नभएका जनतासँग ट्विटरमा माफी माग्दै भिम रावल

ईन्टरनेटको पहुँचमै नभएका  जनतासँग  ट्विटरमा  माफी  माग्दै भिम रावल

एमाले नेता भीम रावलले आफ्नो निर्वाचन क्षेत्र अछामका जनतासँग माफी मागेका छन् । अछामी मतदाताका सामु स्वच्छ र नैतिक राजनीतिक जीवन तथा देशको सर्वोपरि हितमा समर्पित रहने बाचा अनुसार अनैतिक र दूषित राजनीतिको मतियार नहुन आफूले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएको भन्दै रावलले ५ वर्षका लागि दिएको मत पूरा अवधि संरक्षण गर्न नसकेकोमा क्षमा मागेका हुन् । 

‘जनता,विशेषतः अछामी मतदाताका सामु स्वच्छ र नैतिक राजनीतिक जीवन तथा देशको सर्वोपरि हितमा समर्पित रहने बाचा अनुसार मैले अनैतिक र दूषित राजनीतिको मतियार नहुन प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिएको छु’, रावलले सामाजिक सञ्जाल ट्विटरमार्फत भनेका छन्, ‘अछामी जनताले ५ वर्षका लागि दिएको मत पूरा अवधि संरक्षण गर्न नसकेकोमा क्षमा चाहन्छु।’

प्रतिक्रिया