Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०८ बैशाख २०८१

भीम रावलले दिए सांसद पदबाट राजीनामा

भीम रावलले दिए सांसद पदबाट राजीनामा

एमाले नेता भीम रावलले सांसद पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । संसद भवन बानेश्वरमा पुगेर सञ्चारकर्मी समक्ष उनले राजीनामा पत्र पढेर सुनाएका थिए । 

नेपालको राजनीतिक नेतृत्वले नेपाल र नेपालीको शिर निहुराउने काम गरेको रावलले आरोप लगाएका छन् । 

राजनीतिक तहमा देखिएको विवाद समाधान गर्न प्रशस्त मेहनत गरेको भए पनि आफू त्यसमा सफल हुन नसकेको उनले बताए । ‘उच्च राजनीतिक तहमा देखिएको अहम्, प्रतिशोधले दिक्दार भएको छु । विकृत राजनीतिको मतियार हुनुभन्दा अलग हुनु ठीक लागेर राजीनामा दिएँ,’  रावलले पत्रकारहरूसँग भने । 

सभामुख अग्नि सापकोटालाई राजीनामा बुझाउने रावलले बताएका छन् । 

प्रतिक्रिया